कोरोना बिमाको करिब ११ अर्व रुपैयाँ तीन महिनाभित्र भुक्तानी दिने अर्थको तयारी

सरकारले कोरोना बिमा गराएकाहरुको करिब ११ अर्व रुपैयाँ तीन महिनाभित्र भुक्तानी दिने तयारी गरेको छ।
करिब ८० हजार कोरोना बिमा गराएका नागरिकले त्यस वापतको रकम भुक्तानीका लागि निवेदन पेश गरेका छन् । तर, हालसम्म रकम नपाएकाले अर्थ मन्त्रालयले छिटो भुक्तानी दिनेगरी तयारी गरेको जनाईएको छ।
बिमा वापतको रकम भुक्तानीका लागि बिमा समिति र बिमा कम्पनीहरुले अर्थ मन्त्रालयलाई तोकेता गरिरहेका छने। तर रकमको स्रोत नभएकोले छिटो भुक्तानी गर्न नसकेको अर्थ मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले वताए ।
भुक्तानीको स्रोत खोज्ने तयारी भएको र तीन महिनाभित्र बिमावापतको भुक्तानी भइसक्ने मन्त्रालयले जनाएको छ। कोरोना बिमाको करिब ११ अर्व रुपैयाँ भुक्तानीका लागि मन्त्रालयले बिमा कम्पनी र बिमा संस्थानका कर्मचारीसँग छलफल गर्ने तयारी गरेको शाक्यले जानकारी दिए।
कोरोना संक्रमणपछी बिमा बापतको रकमका लागि निवेदन झण्डै एक वर्ष पुगेको छ। अर्थ मन्त्रालयले सम्झौता अनुसार बिमा रकमको भुक्तानी नदिएकोले बिमितलाई रकम दिन ढिलो भएको बिमा कम्पनीहरुले जनाएका छन्।