प्रियंका चोपडाले निक जोनससँग ‘डिभोर्स’ गर्दैछिन ?

बलिउडककी चर्चित अभिनेत्री प्रियंका चोपडाले केही दिनअघि आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आफ्नो नाम अगाडि लेखिएको पतिको थर ‘जोनस’ हटाइन्। त्यसपछि उनका विषयमा सामाजिक सञ्जालमा नानाथरी टिकाटिप्पणी भए ।
प्रियंकाले उनका पति अमेरिकी गायक निक जोनसँग सम्वन्ध विच्छेद गर्न लागेको पनि चर्चा चल्यो। तर, प्रियंकाले भने यो कुरा सत्या नभएको वताएकी छिने । उनले इन्स्टाग्रामका ‘जोनस’ हटाउनु केवल व्यवसायिक निर्णय मात्रै भएको बताएकी छन्।
प्रियंकाले पति निक जोनससँग पारिवारिक जीवन सुरु गर्ने पनि बताइन्। उनले आफ्ना पतिले बच्चाको चाहनाको गरेको खुलासा गर्दै उनले भगवानको कृपाले एक दिन यो चाहना पूरा हुने वताईन।
यसअघि पनि प्रियंकाले न्युज पोर्टललाई दिएको अन्तर्वार्तामा बच्चा जन्माउने इच्छा व्यक्त गरिसकेकी छन्।
प्रियंका र निक जोनसले आआफनो धार्मिक परम्परा अनुसार विवाह गर्ने सहमति अनुसार ०७५ मंसिर १५ गते क्रिश्चियन परम्पराअनुसार विवाह गरेका थिए भने मंसिर १६ गते राजस्थानको जोधपुरस्थित उम्मेद भवन प्यालेसमा विवाह गरेका थिए ।