News

नोबेल कलेजका सञ्चालक सुनिल शर्मालाई मन्त्रालयमै कालोमोसो

नोबेल कलेजका सञ्चालक सुनिल शर्मालाई मन्त्रालयमै कालोमोसो

काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबार भित्रै कालोमोसो दलेका छन् ।

कलेजले अतिरिक्त शुल्क लिएकोबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सर्बपक्षीय छलफलबाट निस्कने क्रममा मन्त्रालयभित्रै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् ।

शुक्रबार मन्त्रालयमा विद्यार्थी, अभिभावक, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि, केएमसी कलेजका प्रतिनिधि, चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच छलफल थियो । दुर्वव्यवहार गरेका छन्।

शर्मालाई कालोमोसो दलेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अनरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी आन्दोलनमा छन् । उनीहरुको आन्दोलनलाई विभिन्न दल निकट विद्यार्थी संगठनहरुले साथ दिएका छन् ।

विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता नरेन्द्र विकले शर्मामाथि कालोमोसो दलेको पुष्टि गरे ।


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले भने शर्मामाथि गालीगलौज गरी दुर्ब्यवहार भएको बताए। वार्तामा सहमति नभएपछि त्यहाँ गएकै टोली मध्येका केहीले गाली गरी दुर्ब्यवहार गरेको गिरीले वताए । 

सुनिल शर्मा नोबेल मेडिकल कलेज

विशेष