News

धादिङमा डोजरसँगै पुरिएका तीनै जनाको अवस्था अझै अज्ञात

धादिङमा डोजरसँगै पुरिएका तीनै जनाको अवस्था अझै अज्ञात

धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसँगै पुरिएका तीन जना अझै फेला परेका छनन्। उनीहरुको खोजी जारी छ। 

धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार विहिवार दिनभर खोज्दा पनि पहिरोमा बेपत्ता भएकाहरू भेटिएका छैनन।  त्यसैले शुक्रबार बिहानै देखि पुनः खोजी सुरु गरिएको हो। 

रुबी भ्याली गाउँपालिका–१ पुरु र लिङ्जो जोड्ने ट्रयाक खन्ने क्रममा बिहीबार बिहान डोजरसहित चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय बासिन्दा अनिश तामाङ पहिरोमा पुरिएका हुन्। 

चालक र सहचालक काभ्रेका स्थानीय वासीन्दा हुन । काभ्रे कुन ठाउँ भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले वताए ।

उनका अनुसार चालक अन्दाजी २७÷२८, सहचालक १९÷२० र स्थानीय अनिश २७÷२८ वर्षका छन्। खोजतलासका क्रममा पहिरोमा पुरिएको बा २ क ४८२१ नम्बरको डोजरको केही भाग देखिएको छ। तर, मानिसको अत्तोपत्तो नलागोको भण्डारीले वताए ।

खोजतलासमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। 
 

विशेष