News

कार्यकर्ता भर्तिकेन्द्र वन्दै रेल्वे कम्पनी, महाप्रवन्धकको उट्पट्याङले थपिँदै आर्थिक भार 

कार्यकर्ता भर्तिकेन्द्र वन्दै रेल्वे कम्पनी, महाप्रवन्धकको उट्पट्याङले थपिँदै आर्थिक भार 

नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरन्जन झा विवादमा पर्न थालेका छन् । नेकपा एमाले विभाजनपछि केपी शर्मा ओली समर्थक गुरु भट्टराईलाई हटाएर माधव नेपाल पक्षबाट झा महाप्रवन्ध वनेका हुन। 

उनी महाप्रवन्धक वनेपछि उनका क्रियाकलापका कारण आन्तरिक समस्या छँदै थियो। उनले यसअघि नियुक्त भएका सवै कर्मचारीलाई हटाएर कार्यकर्ता भर्ती गरेको भन्दै कर्मचारी तथा सरोकारवाला रुष्ट थिए । 

त्यो विवादको चरम रुप भने पुस २५ गते देखियो। धनुषाको इनर्वास्थित रेल्वे स्टेशनमा १६ महिनादेखि थन्क्याइएको नेपाली रेल उनले परिक्षणका नाममा रेल्वे कम्पनीमाथि आर्थिक भार थपे। उनका अनुसार भारतबाट १४ जनाको प्राविधिक टोली ल्याएर रेल कुदाईयो।

अहिलेसम्म रेल सञ्चालनका लागि प्राविधिक र कर्मचारीको कुनै ब्यवस्था छैन। रेल सञ्चालनका लागि आवश्यक ऐन/नियम र निर्देशिका समेत वनेका छैनन्। यी यावत कारणले अहिले नै रेल सञ्चालन हुने कुनै सम्भावना छैन। तर, उनले सनकका भरमा कम्पनीलाई आर्थिक भार पर्ने गरी रेल परिक्षणको निर्णय गरेको कर्मचारीहरु नै वताउँछन।

खासमा भारतको सत्ताधारी दल भारतीय जनता पार्टीले आफ्नो र प्रधानमन्त्री नरेन्द्र मोदीको पालामा भएको उपलब्धि जनता माझ प्रचार–प्रसारका लागि भिडियो डकुमेन्ट्री बनाउन रेल गुडाउन आग्रह गरेपछि झाले उक्त निर्णय लिएको वताईन्छ।

तर, यस विषयमा झाले कुनै प्रतिक्रिया दिएका छैननन् । अर्कोतर्फ यसअघि भट्टराईको पालामा नियुक्त भएका सवै ज्यालादारी कर्मचारी झाले हटाईदिए । त्यसपछि नेकपा एकिकृत समाजवादी निकट कार्यकर्ता भर्ती गरेर उनले गोप्य रुपमा ५५ जनालाई प्राविधिक तालिम दिलाएका छन् ।

तर, सो तालिम कुन आधारमा दिइदैछ भन्ने खुलाईएको छैन। तालिमको समाचार संकलन गर्न गएका पत्रकार समेतलाई झाले प्रहरी खटाएर दुब्र्यवहार गरेको पाईएको छ। यस विरुद्ध कर्मचारीहरु आन्दोलित छन् ।

रेल्वे कम्पनीका पुर्वमहाप्रवन्धक भट्टराईले पनि भएका दक्ष कर्मचारी हटाएर झाले आर्थिक भार पर्ने गरी पुनः नयाँ कर्मचारी भर्ना गर्न थालेको आरोप लगाएका छन् । ‘रेल्वेमा भर्ना भएर १ करोड १५ लाख रुपिया खर्च गरेर तालिम सम्पन्न गरी रेल संचालन गर्न तयार भएको बेला अब उद्घाटन गरौ भनेर प्रधानमन्त्रीलाइ खबर पठाउँदा त्यस बेला ब्यबस्थापन लगायत सबै कुरा भताभुंग बनाउने सरकारले अहिले गोप्य कोठामा ६० जना नियुक्ति दिएर फेरी नयाँ तालिम शुरु गरेको बुझेको छु’ भट्टराईले फेसवुकमा लेखेका छन्–‘तत्कालिन अवस्थामा भर्ना गरिएका १५१ जनालाइ गैर कानुनी भर्ना भनेर तलव समेत नदिकन जागिरबाट निकाल्ने वर्तमान ब्यबस्थापनले कुन प्रकृयाबाट अहिले नयाँ कर्मचारी भर्ना गर्यो? मैले भर्ना गर्दा साविक रेल्वेमा काम गरेका कर्मचारी खोजी खोजी भर्ना गरेको थिएँ । अहिले कुन कालो कोठामा बसेर भर्ना गरियो? कुन प्रकृयाबाट भर्ना गरियो यसको जवाफ दिनु पर्छ ।’

उनले महाप्रवन्धक झा जवाफ दिन नसकेर लुकी लुकी हिडेको पनि लेखेका छन् । ‘हरेक कर्मचारीसंग ३ देखि ४ लाख रुपियाँ लिएर भर्ना गरेको कुरा स्वयम कर्मचारीले बताएका छन् । ज्यालादारीमा कर्मचारी भर्ना गर्दा घुष खाने? यो सरकार अब ७–८ महिना रहन्छ । त्यसरी घुष दिने एकजना कर्मचारी पनि भोली रहन्नन । यो ख्याल गर्नुपर्छ । मुलुक लुटेराहरुले नागरिक लुटिरहने कहिलेसम्म? यो गम्भीर बिषय हो । हामी मोनिटरिङ गरिरहेका छौ आफ्नै श्रोतबाट । माकुने र जसपाले चुनाव खर्च उठाउने गल्ती नगरोस ।’

उनले रेल परिक्षणलाई पनि नाटकको संज्ञा दिएका छन् । ‘१५ पटक परिक्षण गरिरहने? ०७७ सालको असोजमै नयाँ रेल परिक्षण गरेको, फेरी ७८ को श्रावनमा पनि भारतिय रेलबाट १२० किमी प्रति घन्टा कुदाएर परिक्षण गरेको । भारतिय कम्पनिलाइ ६ महिना अघि नै ७ करोड एडभान्स दिएर अझै परिक्षण मात्रै गरिरहने? के नयाँ कुरो थाहा पाउन घरी–घरी परिक्षणको नाटक मंचन? संचालन ब्यबस्थापन भताभुङग पारेर त्यही रेल बर्षमा एक पटक गुडाउँदै बस्ने? खै कर्मचारी, खै तालिम? खै संचालनको तयारी?  नाटकको पराकाष्ठा ।’– उनले लेखेका छन् ।

तर, रेलवे कम्पनीका महाप्रवन्धक झाले पनि यी सवै आरोपका वारेमा प्रतिक्रिया माग्दा समेत प्रतिक्रिया दिएका छन् ।
 

नेपाल रेल्वे कम्पनी निरन्जन झा गुरु भट्टराई

विशेष