News

लुम्बिनीमा मस्जिद निर्माण गर्ने एमाले नेताको अभिब्यक्तिले विवाद

लुम्बिनीमा मस्जिद निर्माण गर्ने एमाले नेताको अभिब्यक्तिले विवाद

राष्ट्रिय सभाका सचेतक एवम नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मुस्लिम समुदायको लागि अत्याधुनिक मस्जिद/मदरसा निर्माण गर्नु पर्ने भन्दै विवादास्पद अभिव्यक्ती दिएका छन ।

लुम्बिनीमा राम–जानकी हनुमान मन्दीरको शिलन्यासका क्रममा उनले मस्जिद पनि निर्माण गर्नु पर्ने अभिव्यक्ती दिएका हुन । हिन्दु धर्मावलम्बीको कार्यक्रममा मुस्लिम समुदायको मदरसा निर्माण हुनु पर्ने धारण राखे पछी उनको चर्को आलोचना भएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समेत सहभागि थिए । भट्टराईको उक्त अभिव्यक्तीपछी हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले चर्को बिरोध गरेका छन् । उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मदरसा बनाउने कुरा आपतीजनक भएको बताए।

पटेलले आफु मुस्लिम धर्मको बिरोधी नभएको बताउदै उचित ठाउँमा उचित संरचनाको मात्र अर्थ हुने दावी गरे।

एक विगहा एक कट्ठा क्षेत्रफलमा ५ करोड ४८ लाख ७४ हजार ४९ को लागतमा निर्माण हुन लागेको लुम्बिनीमा राम–जानकी हनुमान मन्दीरमा संघीय सरकार र स्थानीय सरकारको संयुक्त लगानी छ। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत रकमबाट १ वर्ष ६ महिनामा मन्दिर तयार हुनेछ।

रामजानकी हनुमान मंदिर २ हजार वर्ग फिटको हुने छ भने धर्मशाला, क्यान्टिन, बाउण्ड्रीवाल, जलाशय र चर्पी निर्माण गरिने छ।
 

विशेष