News

देशभर चिसो अझै वढ्ने क्रममा छ, सतर्कता अपनाऔंः मौसम तथा पुर्वानुमान महाशाखा

देशभर चिसो अझै वढ्ने क्रममा छ, सतर्कता अपनाऔंः मौसम तथा पुर्वानुमान महाशाखा

मौसम तथा पुर्वानुमान महाशाखाले नेपालमा चिसो अझै वढ्ने वताएको छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले शनिवार साँझ आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै त्यस्तो अनुरोध गरेको हो । महाशाखाका अनुसार नेपालबाट पश्चिमी वायु बाहिरिएको छ भने देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

महाशाखाले जारी गरेको वुलेटिन अनुसार आज राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली  तथा  बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।
 

विशेष