News राजनीति

उपेन्द्रको एकलौटी निर्णयले भट्टराई रुष्ट, फुटको डिलमा जसपा !

उपेन्द्रको एकलौटी निर्णयले भट्टराई रुष्ट, फुटको डिलमा जसपा !

उपेन्द्र यादव,  वावुराम भट्टराई र अशोक राई विचका विवाद उत्कर्षमा पुगेपछि जनता समाजवादी पार्टी (जसपा) फुटको चरणमा पुगेको चर्चा सुरु भएको छ। अध्यक्ष यादवले एकलौटी निर्णय गर्न थालेपछि पार्टीमा तिव्र विवाद छ। 

एमाले विभाजनका लागि प्रधानमन्त्री शेरवहादुर देउवाले ल्याएको अध्यादेशमा टेकेर महन्थ ठाकुर राजेन्द्र महतो लगायतका नेताले अर्को पार्टी गठन गरेपछि पार्टीमा अध्यक्षको एउटा पद रिक्त छ। जसपामा दुई अध्यक्षको व्यवस्था अनुसार ठाकुर र यादव अध्यक्ष थिए। ठाकुरले नयाँ पार्टी गठन गरेपछि जसपाको एउटा अध्यक्ष पद रिक्त छ। 

मंसिर पहिलो साता बसेको जसपा कार्यकारिणी समितिको बैठकले रिक्त पदको व्यवस्थापन गर्दै पार्टीलाई सामूहिकतामा लैजाने निर्णय गरेको थियो। तर, झण्डै पाँच महिना हुन लाग्दा समेत पार्टीका निर्णय सामूहिक हुन नसकेपछि विवाद वढेको एक नेताले वताए ।

यति मात्रै होईन, राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत यादवले एकलौटी गरेपछि भट्टराई र राई पक्ष थप रुष्ट वनेको छ। आफु रुपान्तरित हुने, पुस्तान्तरणमा लैजाने वताउँदै हिडेपछि यादवको एकलौटी ब्यवहारका कारण नेतृत्व वाक्क भएको उनी वताउँछन् ।

अध्यक्ष यादवले एकता प्रक्रियाबाट पार्टीका नेताहरु महिन्द्र राय यादव र राजकिशोर यादवलगायतका नेतालाई पनि वेवास्ता गर्दै आएका छन् । उनीहरुले जसपा विभाजनमा समेत ठाकुर–महतोालाई साथ नदिएर यादवलाई साथ दिएका थिए । तर, पछिल्लो क्रियाकलापका कारण उनीहरु पनि यादवसँग सन्तुष्ट हुन सकेका छैनन्।

पार्टीभित्र देखा परेका विवाद समाधानका लागि भन्दै भट्टराई र वरिष्ठ नेता अशोक राईबीच छलफल भइरहेको छ। उनीहरुले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन माग गरिरहेका छन् । माघको पहिलो हप्ता भित्र वैठक नवोलाए, विधानअनुसार २५ प्रतिशत केन्द्रीय कार्यकारिणी समिति सदस्यले कारणसहित खुलाएर बैठक माग गर्ने नेताहरुको तयारी छ। उक्त बैठकले जुनसुकै निर्णय गर्न सक्ने उनीहरु वताउँछन् ।

पछिल्लो समयमा जसपामा तीन अध्यक्ष बनाउने माग पनि जोडदार रुपमा अघि आएको छ। राष्ट्रिय चरित्रको समावेशी पार्टी बनाउन पनि तीन अध्यक्ष बनाएर जानुपर्ने प्रस्ताव गरिएको एक नेता वताउँछन् । यो यादव, भट्टराई र राई तीनै जनालाई अध्यक्ष बनाउने प्रस्ताव हो।

तर, यादव भने एकल अध्यक्ष बनाएर जान चाहन्छन्। यादवको एकल नेतृत्वको चाहनाकै कारण अहिले विवाद देखिएको वताईन्छ। यसरी शिर्ष नेताकै विचमा तिव्र मतभेद भएपछि जसपा विभाजनको डिलमा पुग्न लागेको केही नेताहरु अनुमान गर्छन्।

यादव,  भट्टराई र राई तीन अलग अलग पार्टी हुँदै एउटा पार्टीमा भेला भएका हुन । यादव मधेस आन्दोलनपछि २०६४ मा मधेसी जनअधिकार फोरमका अध्यक्ष थिए भने भट्टराईले ०७२ असोज १० गते एकीकृत नेकपा माओवादी परित्याग गरेर ०७३ जेठ ३० मा ‘नयाँ शक्ति पार्टी नेपाल’को गठन गरेका हुन । 

संघीयता र पहिचानको मुद्दामा एमालेको आधिकारिक धारणाप्रति असन्तुष्टि जनाउँदै २०६९ मा अशोक राईले एमाले पार्टी परित्याग गरेर संघीय समाजवादी पार्टी बनाएका थिए । ०७० सालको भएको दोस्रो संविधानसभाको निर्वाचनमा पार्टीले नराम्रो हार ब्यहोरेपछि उपेन्द्र यादवको मधेसी जनाधिकार फोरमसँग एकता गरे।

२०७६ वैशाख २३ गते संघीय समाजवादीसँग नयाँ शक्ति पार्टी नेपालको एकता भयो, पार्टीको नाम राखियो, ‘समाजवादी पार्टी नेपाल’। यादव अध्यक्ष र भट्टराई संघीय परिषद् अध्यक्ष बन्दा राई वरिष्ठ नेतामा बसेका थिए।

जसपा

विशेष