योगेश भट्टराईलाई प्रश्नः नारायणहिटी वेचेको पैसाले मास्क आएन ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा आज शनिबार प्रधानमन्त्री शेरबहादुर देउवलाई विभिन्न सुझाव दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ।
नेकपा एमालेका सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र बुझाउन एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा भट्टराई, खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, कृष्ण राई, सरिता न्यौपानेसहित बालुवाटार पुगेका थिए।
तर, उक्त कार्यमा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराई नै मास्क नलगाई प्रधानमन्त्री कार्यालय पुगेपछि उनको आलोचना भईरहेको छ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन जाँदा मास्क नलगाएको भन्दै उनको फोटो हालेर प्रतिक्रियाहरु सार्वजनिक भईरहेका छन् । फोटोका प्रधानमन्त्री देउवा र एमाले उपाध्यक्ष नेम्वाङले मास्क लगाएको र भट्टराईले मास्क नलगाएको देखिन्छ । तर, सवैले खुट्टामा भने प्लाष्टिक वेरेको देखिन्छ।
ध्यानाकर्ष पत्र वुझाउँदै गरेको फोटो स्वयम भट्टराईले पनि सामाजिक सञ्चालमा पोष्ट गरेका छन् । उनको पोष्टमा हालै चर्चामा रहेको नारायणहिटीमा होटल सञ्चालनका लागि तयारी गरिरहेको वतास अर्गनाईजेसन समेतलाई जोडेर प्रतिक्रियाहरु ब्यक्त भएका छन् । एक जना फेसवुक प्रयोग कर्ताले उनलाई ‘नारायणहिटी वेचेको पैसाले एउटा मास्क किन्न किन नसकेको’ भन्दै प्रश्न गरेका छन् ।
कतिपयले ‘कोभिड सम्बन्धमा ध्यानाकर्षण बुझाउन गोडामा मास्क लगाएर जानू पर्ने रैछ’ भन्दै मास्क नलगाएको तर, जुत्ता भने प्लाष्टिकले वेरिएको विषयमा ब्यंग्य गरेका छन् भने कतिपयले ‘बरु कोरोना नै लागोस सही, तर सार्वजनिक तथा पुरातात्विक महत्वको क्षेत्रमा बतासे केटोको नजर नलागोस’ भन्दै प्रतिक्रिया जनाएका छन् ।