News देश राजनीति

प्रेम आलेको खुलासा– योगेश भट्टराई हतियार तस्कर हुन्

प्रेम आलेको खुलासा– योगेश भट्टराई हतियार तस्कर हुन्

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेकपा एमालेका सचिव योगेश भट्टराई हतियार तस्करी गरेर राजनीतिमा आएको आरोप लगाएका छन् । उनले हतियार तस्करी गरेको पैसाले काठमाण्डौमा घर पनि किनेको आलेको आरोप छ।

एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा पूर्व पर्यटन मन्त्री समेत रहेका भट्टराईले आलेलाई काठ तस्कर भनेपछि उनले पनि भट्टराईलाई हतियार तस्करी गरेको आरोप लगाएका हुन् । आलेले आफुले काठ तस्करी गरेको पुष्टि गर्ने एउटा सानो प्रमाण पनि भए देखाउन चुनौती थिएका छन् । उनले भनेका छन्–‘म वहाँलाई के चुनौती दिन चाहान्छु भने एक क्युफिट काठ मात्रै पनि मेरो नाममा छुटपुर्जी भएको प्रमाण ल्याउ। जथाभावी मान्छेलाई आरोप लगाएर त त्यसको केही अर्थ छैन।’

वरु भट्टराईले चै माओवादी द्वन्द्वकालमा हतियारको तस्करी गरेको आफुले सुनेको आलेले वताए । ‘मैले के सुने थाहा छ ? जुन वेलामा द्वन्द्व चर्किराखेको थियो, माओवादी साथीहरु भुमिगत हुनुहुन्थ्यो, सेना र माओवादीको विचमा वार भईरहेको थियो। त्यो वेलामा वहाँ खरखजना सहित दुई नम्वरी गर्नु हुन्थ्यो’ आलेले भनेका छन्–‘वहाँ त ताप्लेजुङ्गबाट लुरुलुरु आएको त होनी काठमाण्डौं। त्यही खरखजना वेचेर वहाँले काठमाण्डौंमा घर वनाउनु भएको छ। वहाँ त हतियार खरखजनाको तस्करी गर्नु हुन्थ्यो।’

यो पनि- ज्ञानेन्द्र नेपालबाट मुर्ती लान्थे, विदेशबाट सुन र हेरोईन ल्याउँथेः पत्रकार ठकुराठी

पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री हुँदाखेरी वहाँको मातहतको मन्त्रीलाई ‘तपाई कामै गर्न सक्नु भएन । जनभावना अनुसार काम गर्न सक्नु भएन भनेर औला ठड्याउँदै गएका वेला’ हतियार तस्करी गरेको कुरा उठेपछि भट्टराई चुप्प... लागेको आलेले दावी गरे। उनले भट्टराईलाई प्रश्न गरे–‘हतियारको तस्करी तपाईले गर्नु भो की गर्नु भएन ?’ 

मन्त्री आलेले नारायणहिटी प्रकरणमा भट्टराईको भुमिका शंकास्पद रहेको पनि वताए । कमिशनको लोभमा भट्टराईले वतास समुहलाई नारायणहिटीमा होटल चलाउन अनुमति दिएको उनको आरोप छ। वतास समुहमा भट्टराई शेयर पनि हुन सक्ने उनको आशंका छ।

यसअघि भट्टराईले मन्त्री विदेश जाँदा गैरकानुनी रुपमा भिआईपी कक्षबाट गैरकानुनी रुपमा मदिरा लिएर आएको आरोप लगाएका थिए । ‘भिआईपीबाट एयरपोर्टमा प्लेन चढ्ने र भिआईपीबाट फर्केर आउँदा खेरी १० बोतल रक्सी लिएर आउने। अनि अर्को कसैले २÷३ बोतल रक्सी ल्यायो भनेर उमाथि झम्टिने मन्त्री होईन म’ उनले भनेका थिए–‘म चुनौतीका साथ भन्छु, पर्यटन मन्त्रीजी लण्डनबाट फर्किदा खेरीको सिसीटिभीको फुटेज चेक गर्नोस के–के लिएर अकाएका छन्।’

राजनीतिमा आएका भ्रष्ट, दलाल, कमिसन खोरहरुसँग आफनो नाम जोडिएको भन्दै उनले मन्त्री आलेप्रति रोस प्रकट गरे। ‘यी कुनै पनि मान्छेहरु राजनीतिमा नहुँदा ४३ सालमा जेल परेको मान्छे हो म, पञ्चायतमा। त्यतिवेला यी कोही पनि मान्छे आन्दोलनमा थिएनन्। यी कति मण्डले थिए, कति राजाको गुणगान गाएर हिड्थे’ उनले भनेका थिए–‘आज तिनिहरु कोही एमालेमा होलान, कोही समाजवादीमा होलान, कोही कांग्रेसमा होलान, कोही माओवादीमा पनि पसेका होलान।’

यो पनि - पोखरा हिडेको जहाजको आकाशमै ढोका खुलेपछि...

मन्त्री आलेलाई तस्कर भन्दै भट्टराईले उनीसँग आफनो नाम नजोड्न भने। ‘त्यस्ता तस्करहरुसँग हामीलाई तुलना गर्ने ? तस्करी गर्ने मान्छेहरुसँग, हामी त्यसरी आएको हो ? हामी त पञ्चायतको विरुद्ध नाराजुलुस गरेर, लडाई गरेर, जेल वसेर, दुःख पाएर, पार्टी वनाएर। त्यसरी आएको मान्छे हो–हामी ।’ 

आफु काठ, वालुवा गिटी, लागु औषध र सुन तस्करी गरेर नआएको वताएका उनले थपे–‘कसैले काठ तस्कर गरिरहँदा, नेपालको हरियो वन इण्डियातिर तस्करी गरिरहँदा म त यहाँ पञ्चायत विरुद्ध लड्दै थिएँ। म काठ तस्कर गरेर आको हुँ? गिट्टी÷वालुवाको तस्कर गरेर आको हुँ ? लागु औषधी र सुनको तस्करी गरेर आको मान्छे हुँ म ? मेरो त्यो हैसियत छ? मेरो विलासीता छ? के छ मेरो ब्यक्तिगत रुपमा । अनि हामीजस्ता मान्छेहरुलाई सिद्याएर, हामी जस्ता मान्छेलाई विवादमा ल्याएर के उदेश्य पुरा हुन्छ ?’

यो पनि

योगेश भट्टराईलाई प्रश्नः नारायणहिटी वेचेको पैसाले मास्क आएन ?
 

प्रेम आले नेकपा एमाले योगेश भट्टराई

विशेष