माओवादी सदस्यहरुले अव पुराण लगाउन र आरआईपी लेख्न नपाउने
नेकपा माओवादी केन्द्रमा अनौठो नियम लागु भएको छ। नेकपा माओवादी केन्द्रका सदस्यहरुले अव सप्ताह पुराण लगाउन पाउने छैनन् ।
सप्ताह पुराण लगाउन प्रतिवन्ध लगाउनको कारण स्पष्ट खुलाईएको छैन। तर, काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु पनि कारबाहीको विषय हुने वताए ।
माओवदीका सदस्यहरुलाई सामाजिक सञ्जालमा रिप (रेस्ट इन द पीस) लेख्न पनि प्रतिवन्ध लगाईएको छ। कसैको मृत्यु भएमा आरआईपी अर्थात रेस्ट इन द पीस वा स्वर्गबास होस् भनेर लेख्न नपाइने समेत उनले बताए ।
रेस्ट इन द पीस भनेको क्रिष्टियनहरुले लेख्ने भन्दै उनले भने, ‘कम्युनिस्टहरुले हार्दिक श्रद्धाञ्जली लेख्ने हो ।’
माओवादीमा लागू भएको यो नियम आफैमा विवादास्पद छ। कम्युनिष्टहरुले धर्म नमान्य वताउँदै आएकाले पुराण लगाउन नपाईने कुरालाई सामान्य रुपमा लिएपछि आरआईपी क्रिस्चियनहरुले लेख्न शब्द भएको भन्दै फेरी धर्मकै कुरा गर्नु आफैमा आश्चर्य जनक भएको नेता÷कार्यकर्ताहरु वताउँछन् ।