News

पोखरा हिडेको जहाजको आकाशमै ढोका खुलेपछि...

पोखरा हिडेको जहाजको आकाशमै ढोका खुलेपछि...

काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको ढोका आकाशमै खुलेपछि तनाव भएको छ। विमानको यात्रु चढ्ने ढोका खुलेपछि काठमाडौं नै फर्काईएको छ।

विमान काठमाण्डौमा सुरक्षित अवतरण गराइएको छ । अमेरिकन विचक्राफ्टको उक्त जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य सवार थिए ।

काठमाडौंबाट उडेको पाँच मिनेटमा नै जहाजको पछाडितर्फ रहेको यात्रु चढ्ने ढोका खुलेपछि काठमाडौं विमानस्थल नै फर्काइएको गुण एयरलाइन्सले जनाएको छ।

बजार प्रमुख प्रज्वल थापाका अनुसार सो विमानका यात्रुलाई गुणकै अर्को विमानबाट पोखरा पठाइएको छ । अवतरणपछि सो विमानको जाँच गरेर हेर्दा त्यसमा प्राविधिक समस्या नदेखिएको थापाले दाबी गरेका छन् । 
 

विशेष