News

पशुपतिनाथ धर्मशालामा बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस 

पशुपतिनाथ धर्मशालामा बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस 

नारायणहिटी दरवार संग्रहालय प्रकरणमा विवादमा परेको बतास सम’ह पशुपतिनाथ मन्दिरको धर्मशाला लिजमा लिएको विषयमा पनि समस्यामा परेको छ।

नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडा सम्झौता सम्बन्धी छानबिन समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै अधिकारप्राप्त निकायको स्वीकृति बिना नै लिजमा दिएको पाइएकाले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको छ। 

छानबिन समितिले बोलपत्र आह्वान गर्दा मिलेमतो देखिएको पनि स्पष्ट पारेको छ। धर्मशाला भाडामा दिँदा कानुन बमोजिम पदीय दायित्व पुरा नगर्ने पदाधिकारीलाई कारबाही गर्न समितिले मन्त्रालय समक्ष सिफारिस गरेको छ।

पशुपति धर्मशाला बतास अर्गनाइजेसनले व्यवस्थापन गरेको होटल आनन्द प्रालिले पशुपति क्षेत्र विकास कोषसँग लिजमा लिएको हो। धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको प्रस्तावमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले छानबिन समिति गठन गरेको हो।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयका सचिवलाई प्रतिवेदन बुझाइएको छ।

मन्त्री प्रेम आलेको उपस्थितमा प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम रहेपनि मन्त्री आलेलाई कोरोना संक्रमण भएपछि सचिवलाई वुझाईएको हो ।
 

विशेष