News

प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम

प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम

प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकबाट २ तिहाई मतले प्रदेश २ लाई मधेस प्रदेश नामकरण गरिएको छ भने राजधानी जनकपुरधाम निर्धारण गरिएको हो । 

झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ । प्रदेश सभामा सोमबार भएको मतदानमा दुई तिहाई बहुमतले पारित भएपछि अब प्रदेश २ को नाम मधेस प्रदेश भएको छ ।

सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो । विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ भने विपक्षमा ३४ मत परेको छ।

प्रदेशसभामा कुल १०३ जना सदस्य छन् । जसमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये उपस्थित थिए ।

योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतः निष्त्रिृय भएको छ। सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो ।
 

विशेष