News

मन्त्रीमा झाँक्रीका सय दिनः राज्यको दोहोन गरेर मीत लगाईन, देशको काम सुन्य

मन्त्रीमा झाँक्रीका सय दिनः राज्यको दोहोन गरेर मीत लगाईन, देशको काम सुन्य

सत्ता बाहिर हुँदा सरकार र मन्त्रीको आलोचना गरेर सधैं नथाक्ने नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री आफु मन्त्री भएपछि भने सुस्त छिन् । विगतमा संघीय संसद्को अर्थ समिति सदस्यसमेत रहेकी झाँक्रीले अर्थ मन्त्रालयको काममा खरो प्रश्न उठाउँथिन। 

तत्कालीन एमाले नेतृत्वको सरकार र त्यसपछि वनेको नेकपा नेतृत्वको सकारलाई पनि उनले कडा प्रश्न गर्थिन। यति मात्रै होईन, उनको आलोचना यति उग्र हुन्थ्यो, तत्कालीन प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको सम्वन्धका विषयमा समेत प्रश्न उठाएपछि उनलाई मानहानि गरेको अभियोगमा प्रहरीले पक्राउसमेत गरेको थियो

माधवकुमार नेपाललाई नेकपा समाजवादी गठन गर्न उक्साउनेमा झाँक्रीको भूमिका महत्वपुर्ण थियो । यति हुँदासम्म झाँक्रीप्रति नागरिकको अपेक्षा धेरै थियो । नयाँ पार्टी निर्माण र प्रतिगमन नाममा केपी शर्मा ओलीको विरोध गरेकै कारण उनी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा सरकारमा मन्त्री बन्न सफल भइन्।

विद्यार्थी राजनीतिमा छँदादेखि नै चर्चामा आइरहने झाँक्री मन्त्री भएपछि ‘पिर्के सलामी’देखि राउटे युवतीसँग मित लगाएका कारण चर्चामा रहिन्। करिव १५ दिनअघि उनले सम्झना शाही र गाजलु शाहीसँग मीत लगाएकी छिन्।
 तर, जव उनी ‘पिर्के सलामी’ मोहमा परिन, त्यसपछि भने उनीप्रतिको अपेक्षा विस्तारै ह्रास हुँदै गएको छ। यति मात्रै होईन, सोमवार उनले पत्रकार सम्मेलन गरेर सर्वाजनिक गरेको सय दिने (हनिमुन पिरियड) प्रगती हेर्दा भने उनी गफमा मात्रै अगाडि हुने गरेको भन्दै आलोचना हुन थालेको छ। 

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्ति अनुसार मन्त्रालयको समग्र प्रगति १८.९१ प्रतिशत छ। उनले आफुले गरेका कुनै पनि ठोस काम देखाउन सकेकी छैनन् । मन्त्रालयको काम एकातिर र मन्त्रीको ध्यान अर्कोतिर हुँदा झाँक्रीको कामलाई कतिपय कर्मचारीले नै ‘स्टन्ट’को रुपमा ब्याख्या गर्न थालेका छन् ।

उनी पार्टीको काम र माईति जिल्ला (गुल्मी) धाउने चक्करमा मन्त्रालयका कतिपय काम नै प्रभावित बनेको कर्मचारीहरु वताउँछने । मन्त्रीको नेतृत्वमा बस्नुपर्ने कतिपय बैठक समेत उनको व्यस्तताका कारण बस्न नसकेको एक उच्च अधिकृत बताउँछन्। अघिल्ला सरकारको पालादेखि थाँती रहेका योजना समेत अगाडि बढ्न नसकेको उनले वताए । झाँक्रीको काम अनुगमन र निरीक्षण मै सिमित छ। 

बोल्ड नेतृको छवि बनाएकी झाँक्रीको काँधमा अहिले महत्वपूर्ण मन्त्रालय छ। राजधानी काठमाडौंको सरसफाइ, भवन निर्माण, करिडोर निर्माणलगायत काम गर्ने अख्तियारी पाएको सहरी विकास मन्त्रालयको कामको महत्व राख्ने प्रगति देखिएको छैन। त्यसैले पनि मन्त्रीको आलोचना हुन थालेको छ। 
 

रामकुमारी झाँक्री

विशेष