News राजनीति

भैसी पुजा गर्ने प्रचण्डले कार्यकर्तालाई पुराण लगाउन रोके

भैसी पुजा गर्ने प्रचण्डले कार्यकर्तालाई पुराण लगाउन रोके

जनयुद्द कालमा माओवादीले ‘धर्म अफिम हो’ भन्दै मन्दिरहरु तोडफोड गरे, पूजारीहरु लखेटे। मन्दिरका जमिन कब्जा गर्थे र धर्मले मानिसलाई बिगार्छ भन्दै भरमार बिरोध गर्थे ।

तर, माओवादी शान्तिपुर्ण राजनीतिमा आएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री वने। जनयुद्धको राप र तापले उनी देशमा शक्तिशाली त थिएनै, उनलाई अझै शक्तिशाली वन्ने चाहत वढेर गयो। 

त्यसैले प्रधामन्त्री वनेपनि उनले सुनसरीको चतरा पुगेर भैसी पूजा गरेको खबर भाइरल भयो। उसो त रातीराती प्रचण्डले कालीबाबालाई भेट्ने गरेको खबरहरु पनि बाहिरिएकै हो । प्रधानमन्त्री निर्वाचित हुनु अघिल्लो दिन मात्र उनै प्रचण्डले बोल बमवाला वस्त्र पहिरिएको तस्विर समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

यति मात्र होईन, प्रधानमन्त्री वन्दा होस वा वालुवाटार प्रवेश गर्दा उनले ज्योतिषको सल्लाह लिने गरेको कुरा वाहिरिएकै हो। 

तर, काठमाण्डौंमा जारी आठौं महाधिवेशनबाट माओवादी फेरी पुर्ववत अवस्थामा फर्किने रुपरेखा देखिएको छ। प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीलाई गाउँ फर्काउने देखि सप्ताह पुराण लगाउने माओवादी सदस्यलाई कारवाही गर्ने सम्मका कुरा उठाईएका छन् ।

अनुशासन आयोगका अध्यक्ष टंक राईले कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु पनि कारबाहीको विषय हुने वताए । कुनै मानिसको मृत्यु हुँदा सामाजिक सञ्जालमा रिप (रेस्ट इन द पीस) लेख्न पनि प्रतिवन्ध लगाईएको छ। कसैको मृत्यु भएमा आरआईपी अर्थात रेस्ट इन द पीस वा स्वर्गबास होस् भनेर लेख्न नपाइने समेत उनले बताए ।

रेस्ट इन द पीस भनेको क्रिष्टियनहरुले लेख्ने भन्दै उनले भने, ‘कम्युनिस्टहरुले हार्दिक श्रद्धाञ्जली लेख्ने हो ।’ यी सवै प्रकरणले एकातर्फ माओवादी थप क्रान्तिकारी हुन खोजेको आभाष भईरहेको छ भने अर्कोतर्फ यी सवै नियम कार्यकर्तालाई मात्रै लागु हुने हो वा समग्रमा सवैलाई लागु हुने हो भन्ने प्रश्न उठेका छन् ।

पार्टीलाई गाउँ फर्काउने र जनमुखी बनाउने, माओवादी केन्द्रिय सदस्यका छोराछोरी सरकारी विद्यालयमा पढाउने, सशस्त्र द्वन्द्वबाट आएको विरासत कायम राख्ने र अरू सबै राजनीतिक दलभन्दा भिन्न बन्ने उद्घोष गरेका अध्यक्ष प्रचण्डलाई अहिले आफनै प्रतिवेदन घाँडो वन्न थालेको छ। 

खासगरी अध्यक्ष प्रचण्डको निवास तथा उनका नातीलाई मासिक ५० हजार तिरेर स्कुल भर्ना गरिएको विषयमा अप्रत्यक्ष कुराहरु उठेका छन् । महाधिवेशन प्रतिनिधिहरुले पार्टी नेतृत्वको अस्वभाविक जीवनशैलीलाई लिएर नेतृत्वमाथि प्रश्न उठाए।

बिहीबारको बन्द सत्रमा समूह २२ (बागमती प्रदेश) को तर्फबाट सुझाव दिँदै टोली नेता इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले माओवादीभित्र समानस्तरका नेताहरुका जीवन शैलीमा देखिएको असमानताबारे प्रश्न उठाएका हुन्।  

किनकी माओवादीमा समानस्तरका नेताहरुको जीवन शैलीमा देखिएको असमानताका विषयमा तिव्र असन्तुष्टि वढेको छ। खास गरी अध्यक्ष प्रचण्डकै निवासका विषयमा प्रश्न उठेपछि उनले आफु डेरा सर्त तयार रहेको वनाउन वाध्ये भए ।

उनले खुमलटारबाट झुपडीमा गएर बस्न तयार रहेको वताएका छन् । प्रचण्ड खुमलटारस्थित शारदा अधिकारीको घरमा बस्दै आएका छन्। अधिकारी निर्माण व्यवसायी हुन्।

यति मात्रै होईन, प्रचण्डकै नाति एवं स्व. प्रकाश दाहाल र पूर्वमन्त्री विना मगरका ६ वर्षे छोरा प्रणब युलेन्स स्कुलमा कक्षा २ मा पढ्ने गरेका छन् । अमेरिकी व्यवस्थापनमा सञ्चालित उक्त विद्यालयमा प्रणवको मासिक शुल्क ५० हजार छ। 

अर्कोतर्फ आफु भैसी पुजा गर्त तयार हुने प्रचण्डले कार्यकर्तालाई पुराण लगाउन समेत वन्देज लगाएपछि यो नियम कार्यान्वयन होला की नहोला भन्ने प्रश्न समेत उठेका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष