News

के पर्यटन बोर्डका सिईओले ३० केजी सुन तस्करी गरेका हुन ? 

के पर्यटन बोर्डका सिईओले ३० केजी सुन तस्करी गरेका हुन ? 

पूर्वमन्त्री योगेश भट्टराई सुन तस्करी प्रकरणमा विवादमा परेका छन् । उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सुन तस्करी प्रकरणमा जोडेका छन् ।

एउटा टेलिभिनलाई अन्तर्वार्ता दिने क्रममा मन्त्री आलेले नेपाल पर्यटन वोर्डका निलम्वित सिईओ धनञ्जय रेग्मी पूर्वमन्त्री भट्टराईको अनसिन पार्टनर समेत भएको आशंका गर्दै उनलाई पनि सुनतस्करी प्रकरणमा विवादमा ल्याएका हुन ।

‘वहाले जसलाई सिइओ वनाउनु भयो नी पर्यटन वोडको । एयरपोर्टको भन्सार विभागमा सोध्नु होला। ३० ग्राम, धनन्जय रेग्मी। वहाँले वनाएको सिइओ, प्यारो। सायद वहाँको अनसिन पार्टनर पनि होला, योगेश भट्टराईको’ मन्त्री आलेले भने–‘वहाँले ३० ग्राम सुन, काँचो सुन। लिएर आउनु भएको थियो। भन्सारले समात्यो। त्यसपपछि जरिवाना पनि तिर्नु भएको छ वहाले, धनन्जय रेग्मीले। वहाँले वनाएको सिइओ हो।’

रेग्मीले सुन तस्करी गरेको आरोप ठहर भएको छ । उनले चार वर्षअघि कतारबाट क्युआर ७३० नम्बरको जहाजमा आउँदा अवैध सुन लिएर आएका थिए । रेग्मीले २०७४ पुस ७ गते ल्याएको अवैध सुनलाई तस्करी ठहर गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ जरिवाना र सुन जफत गरेको थियो।

सोही व्यहोराको पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पुस ३० गते लेखेर जानकारी गराएको थियो। 

रेग्मीले भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७ (१) बमोजिमको कसुर अपराध गरेको ठहर गर्दै बिगोबमोजिम १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ जरिवानाको निर्णय गरेको थियो ।

०७२७४६८७ नम्बरको राहदानी र १३४०५ नम्बरको स्याङजा जिल्लाबाट जारी नागरिकता बोकेका धनञ्जय रेग्मीको साथबाट तीन थान (३० ग्राम) बिस्कुट आकारको सुन फेला पारेको थियो ।

विमानस्थल कार्यालयले उक्त सुन अवैध भएको ठहर गर्दै ५२९/०७४–०७५ नम्बरको मुद्दा दर्ता गरेको र मिति २०७७ भदौ २१ भएको फैसलामा कसुर अपराध गरेको ठहर गर्दै बिगोबमोजिम १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ जरिवानाको निर्णय गरेको थियो ।

योगेश भट्टराई प्रेम आले

विशेष