News

किन ८ जिल्लामै खुसी छन् मधेशवादी दलका नेता ?

किन ८ जिल्लामै खुसी छन् मधेशवादी दलका नेता ?

‘स्वायत्त मधेश प्रदेश’ र ‘समग्र मधेश एक प्रदेश’ को मुल मुद्दा उठाएर पटक–पटक भएका आन्दोलनले नेपालको राजनीतिमा ठुलै परिवर्तन ल्यायो। यति मात्रै होईन, यही आन्दोल मार्फत मधेशवादी दलले विश्व स्तरमा आफनै छुट्टै पहिचान पनि बनाउए।

पहिचानसहितको मुद्दासहित मधेशमा तीनवटा ठुल–ठुला आन्दोलन भएका छन । आन्दोलनमा १÷२ होईन, दर्जनको हिसावमा सर्वसाधारणले ज्यान गुमाए। कयौं घाईते र अंगभंग भएर जीवन विताईरहेका छन् । 

मधेशवादी दल, चुनावमा गए र स्थानीय तहदेखी संघीय सरकारसम्म सहभागि भए । तर, मधेशको माग र आफनो एजेण्डा भने उनीहरुले विर्सिदै गएका छन् । मधेश झर्दा नेताहरुको वो्ली मात्र  होईन, पहिरन समेत बदलिन्छ। काठमाण्डौंमा हुँदा चिल्ला गाडिमा सुटवुट कसेर हिड्ने तिनै नेताको हुलियाँ फेरिन्छ। जुत्ताको सट्टा खुट्टामा चप्पल हुन्छ अनि सुटको गाउँमा काँधमा गम्छा र पाइन्ट धोतीमा बदलिन्छ। 

यतिमात्रै कहाँ हो र ? शहिदका सपना र मधेशको म्याण्डेड भन्दै चर्का–चर्का भाषण हुन्छन्। घाईते र शहिदका घरमा पुगेर भ्रमपूर्ण अभिब्यक्ति दिईन्छ। रुन्चे अनुहार वनाएर वालवच्चालाई काखमा राखेर सर्वसाधारणको मन पगालिन्छ। त्यसपछि उनीहरु पुनः काठमाण्डौ फर्किन्छन। तर, थानकोट कटिसकेपछि मधेशका मुद्धा, शहिदका सपना र मधेशको म्याण्डेड सवै विर्सिन्छ।

विगतमा मधेशका २२ वटै जिल्लालाई मधेश प्रदेश बनाउने नारा थियो। जसपाका अध्यक्ष (तत्कालिन मधेसी जनअधिकार फोरम नेपाल) ले राज्य पुनसंरचना गर्दा मधेशको पूर्वदेखि पश्चिमका जिल्लालाई समेटेर समग्र मधेश एक प्रदेश निर्माण गर्ने र त्यसको राजधानी वीरगञ्जमा रहने प्रस्ताव गरेका थिए । पार्टी अध्यक्ष उपेन्द्र यादवले संविधानमा समावेश गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा यस्तो प्रस्ताव पेश गरेका थिए।

तर, अहिले मधेशका आठ जिल्ला अर्थात प्रदेश २ लाई मधेश प्रदेश घोषणा गर्न सकेकोमै नेताहरु खुसी भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको बधाई दिए। आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको जनकपुर राजधानी भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

उनले भनेका छन्–‘दशकौको मधेश आन्दोलन र संर्घष, मधेशी शहिदको सपना मधेश प्रदेशको पहिचान आज स्थापित भएको छ भने ति सम्पूर्ण आन्दोलन तथा संर्घषमा अहम भूमिका निर्वाह गरेको पावन भुमि जनकपुरधामको पनि सम्मान भएको छ।’

यसैगरी, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पनि मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताएका छन् ।

सोमवार खुशीयालीसभालाई सम्बोधन गर्दै उनले मधेश प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताए। ‘मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियो’ उनले भने–‘त्यो सपना सफल भएको छ, यसबाट मधेश आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौँ।’

प्रदेशसभाबाट मधेश प्रदेश नामकरण र जनकपुरधाम राजधानी भएको खुशीयालीमा प्रदेश सरकारले मंगलवार सार्वजनिक विदा समेत दिएको छ।

तर, प्रदेश २ लाई मधेश प्रदेश घोषणा गर्दा अन्य प्रदेशमा रहेका मधेशीप्रति अन्याय भएको कतिपयले वताएका छन् । मधेश प्रदेशका लागि समग्र मधेशमै आन्दोलन भएको थियो, समग्र मधेशका जानताले बलिदानी दिए। तर, समग्र मधेशको मुद्दा मधेशवादी दलले विर्सिए।

कुनै समय थियो की राजपा र फोरमले सिङ्गो मधेश आन्दोलनको मुद्दालाई लिएर झण्डै डेढ वर्ष भन्दा बढी समयसम्म आन्दोलन गरे। तर, अन्ततः दुई नम्बर प्रदेशमा मात्रै सीमित भए । विभिन्न मधेशकेन्द्रित पार्टीहरूलाई एकीकृत गरी मधेश शब्द बिनाको राष्ट्रिय पार्टी घोषणा गरिए पनि राजपा र फोरमको पछिल्लो अवस्था हेर्दा उनीहरू दुई नम्बर प्रदेशमा मात्रै सीमित भएका छन् । 

मधेश आन्दोलनमा सकृय सहभागिता जनाएकी सप्तरीकी सुनिता साहले बाँकी १४ जिल्लाका मधेशीप्रति अन्याय भएको वताएकी छिन् । ‘समग्र मधेश एक प्रदेश’ को नारा दिएर आन्दोलन गरेर धेरैलाई शहीद बनाएका नेताहरु सत्ताको लोभमा मधेशको २२ जिल्लाबाट ८ जिल्लालाई मधेस प्रदेश नामकरण गरेर आफ्नो असफलता लुकाउने प्रयास गरेको वताएकी छिन् ।

विशेष