News

बालकोट दरबारमा डिस्को खोल्न ज्ञानेन्द्र शाहीको प्रश्ताव

बालकोट दरबारमा डिस्को खोल्न ज्ञानेन्द्र शाहीको प्रश्ताव

भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीले नारायणहिटी दरवार संग्रहालयमा रेस्टुरेन्ट संचालन गर्ने योजनाको विरोध गरेका छन् । उनले त्यसको वदलामा पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोट दरवारमा डिस्को सञ्चालन गर्न प्रश्ताव गरेका छन् ।

एउटा युट्युव च्यानललाई अन्तरवार्ता दिने क्रममा अभियान्ता शाहीले नारायणहिटी दरवार नेपालको इतिहाँस भएकाले त्यसमा रेस्टुरेन्ट खोल्ने कुरा गलत भएको वताए । ‘नारायनारायणहिटी दरवारभित्र डिस्को खोल्ने। नेपालको इतिहाँस वोकेको, नेपाललाई एकिकरण गरेको दरवार हो’ उनले भनेका छन्–‘को–को राजा सही थिए–गलत थिए, त्यो आफनो पाटोको कुरा हो। तर त्यो नारायणहिटी दरवार नेपालको ऐतिहाँसिक धरोहर हो। नेपालको पहिचान हो, नेपालको परिचय हो। त्यो भित्र डिस्को खोलेर नाच्ने अरे ।’ 

‘दरवारलाई भट्टी वनाउन खोज्नेहरु, पुर्वपर्यटन मन्त्री, एमालेका युवा नेता योगेश भट्टराई र केपी ओलीहरु भन्ने गर्छनकी– नारायणहिटी दरबार कुनै समय दरवार थियो होला, अहिले घाँसे मैदान भईसक्यो। त्यो घासे मैदानमा रेष्टुरेन्ट खोल्दा के आपत्ति भो ? जनता त जान पाउनु पर्यो, जनताले खान पाउनु पर्यो। भन्छन्।’ भन्ने जिज्ञासामा शाहीले ओलीको दरवारमा डिस्को खोल्ने प्रश्ताव गरे।

‘ठिकै छ त, त्यसो भए केपी शर्मा ओलाीको बालकोट दरवार पनि भुत दरवार वनेको छ, अहिले। यता पटीको घरमात्र काम लाग्छ, उतापटीको घरमा डिस्को डान्सवार खोलौं। सक्छन् ?’ उनले भने–‘योगेश भट्टराईजीको घरको माथिल्लो तलामा डिस्को खोल भनौ।’ 

‘त्यो त ब्यक्तिगत प्रोपर्टी भयो नी त?’ भन्ने जिज्ञासामा शाहीले भनेका छन्–‘त्यो पनि नेपाल सरकारको प्रोपर्टी हो, नेपाली जनताको आस्थाको धरोहर हो। अनि यस्तो भन्नलाई लाज लाग्दैन ? यदि वाउ वुढो भयो भन्दैमा त्यो वाउलाई लगेर खोलाको किनारमा लगेर फाल्दिने ?’

यद्यपी अहिलेका  नेताहरुको शिक्षा नै बाउ वुढो भयो भने खोलामा लगेर छोड्ने खालको भएकाले ओली र भट्टराई मात्र नभई सवै नेता उस्तै भएको दावी गरे। ‘हुन त यिनीहरुले सिकेकै त्यही हो। यिनीहरुको सिकाई नै त्यही हो। आज केपी ओली र योगेश भट्टराई मात्र होईन। यिनीहरु सप्पै एउटै हुन ।’ उनले थपे–‘प्रचण्ड, केपी ओली, शेरबहादुर देउवाजी, यिनीहरु सप्पै एउटै हुन । यिनीहरु सप्पै मिलेर एउटै पार्टी वनाए हुन्छ। पार्टी अलग अलग वनाउनु पर्ने पनि केही कारण छैन। किन भने जो  आएपनि लुट्ने नै हो।’ 
 

ज्ञानेन्द्र शाही नारायणहिटी दरवार संग्रहालय

विशेष