News

पुण्य गौतमको खुलासाः धुर्मुस सुन्तलीलाई असफल वनाउनमा प्रचण्डको हात हुन सक्छ

पुण्य गौतमको खुलासाः धुर्मुस सुन्तलीलाई असफल वनाउनमा प्रचण्डको हात हुन सक्छ

सार्वजनिक चासो र महत्वका विषयमा अभिव्यक्ति दिएर सधैं चर्चामा रहने युवा नेता पुण्य गौतमले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबाट धुर्मुस–सुन्तलीलाई पन्साउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेला लगाएको आशंका गरेका छन् ।

नेपाल आजसँगको कुराकानीका क्रममा उनले प्रचण्डको भनाई र उनको स्वभाव मुल्यांकन गर्दा धुर्मुस सुन्तलीलाई असफल देखाएर त्यसको क्रेडिट आफुले लिन खोजेको हुन सक्ने आशंका ब्यक्त गरे । 

‘नेकपा माओवादीका सर्वैसर्वा, माओवादीका सुप्रिमो कम्रेड प्रचण्डले अस्ति इन्टर्भ्यु दिदा एउटा शब्द प्रयोग गर्नु भएको थियो। विलियम सेक्सपियरको भनाईलाई उध्रित गर्दै–‘एभ्रिथिङ इज फेयर इन लभ एण्ड वार।’ अर्थात प्रेम र युद्धमा सवै चिजहरु जायज हुन्छन्’ गौतमले भने–‘अव पोलिटिक्समा पनि सवै जायज हुन्छ भन्दै साम, दाम, दण्ड, भेद नीति आपनाउँदै आफनो पल्ला भारी वनाउन अथवा आफनो हात माथि पार्न वहाँले त्यस्तो काम गर्नुभएन होला भन्न म सक्दिन।’

तर, प्रचण्डले त्यसो गर्नु हुँदैनथ्यो भन्दै उनले विकास जस्ले गरेपनि त्यसलाई पुरागर्नु पर्ने तर्क गरे । ‘हुन त चार्ज लगाउनको निम्ति, कम्रेड प्रचण्डले नै यो खेल खेल्नुभो, अथवा वहाँले नै यो खेलोमेलो गर्नु भो भन्नको निम्ति आई ह्याभ नो इभिडेन्स प्रुफ इट। त्यसकारण म सँग कुनै तथ्य छैन, कुनै प्रमाण छैन। मैले पनि सुनेको हो’ उनले भने।

धुर्मुस सुन्तली एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक रहेकाले प्रचण्डले राजनीतिक प्रतिसोध लिन त्यसो गरेको हुन सक्ने उनको अनुमान छ। ‘अव राजनीतिमा हुन सक्छ की केपी ओलीज्यूसँग असाध्य मुटु जोडिएको, केपी ओलीकै क्यारिकेचर गर्ने, वहाँ जस्तै वन्ने, वहाँकै गृह जिल्ला, वहाँकै धुपदुवार गर्ने, वहाँकै हनुमान चालिसा जप्ने, क्रेडिट पनि केपी शर्मा वलीलाई नै दिन चाहाने धुर्मुस सुन्तलीलाई पन्साउन कम्रेड प्रचण्डले केही खेल खेल्नु भो भने, अव वहाँको स्वभाव अुनसार, वहाँको मान्यता अनुसार अस्वभाविक मान्न हुँदैन’ उनले भने–‘तर, त्यसो नगरिनु पथ्र्यो । किन भने विकास कार्य जस्ले गरेपनि चाहे धुर्मुस सुन्तली, चाहे अरु जस्ले गरेपनि त्यो स्तुत्य हो, त्यसलाई पुरा गर्न दिनु पथ्र्यो भन्ने मेरो मान्यता हो।’


यो पनि

धुर्मुस सुन्तलीहरुले अपार सम्पत्ति, महल र गाडी जोडेको सुनिदैछः पुण्य गौतम (भिडियोसहित)

पुण्य गौतमले दुई महिनामै टिकटकबाट कमाए लाखौं रकम

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुर्मुस सुन्तली

विशेष