News मनोरञ्जन

१८ वर्षको वैवाहिक सम्वन्ध तोडेर धनुष र ऐश्वर्याको सम्वन्ध विच्छेद

१८ वर्षको वैवाहिक सम्वन्ध तोडेर धनुष र ऐश्वर्याको सम्वन्ध विच्छेद

दक्षिण भारतका सुपर स्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषले सम्वन्ध विच्छेद गरेका छन् । योसँगै उनीहरुको १८ वर्ष लामो दाम्पत्य जीवन टुंगिएको छ। 

सामाजिक सञ्जालमा दुवैले आफूहरुको सम्बन्ध टुटेको जनाएका छन्। उनीहरुको सम्वन्ध टुटेपछि उनीहरुका फ्यानलाई झट्का लागेको छ। धनुष र ऐश्वर्यालाई दक्षिणका विशेष जोडी भनिन्थ्यो। 

‘हामीले १८ वर्षसम्म मित्रता, दम्पति, अभिभावक र एकअर्काको शुभचिन्तक बनेर प्रगति, समझदारी र साझेदारीको लामो यात्रा तय गरौँ। आज हामी सफलताको एउटा बिन्दुबाट विछोडिदैँछौँ। मैले र ऐश्वर्याले एक दम्पत्तिका रुपमा अलग हुने निर्णय लिएका हौँ। हामी आफैंलाई सम्झिन पनि समय चाहिएको छ। हाम्रो निर्णयको सम्मान गर्दिनुस् र हाम्रो अधिकारको पनि ख्याल गरिदिनुस्’– धनुषले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसैगरी ऐश्वर्याले पनि इन्स्टाग्राममा सम्वन्ध विच्छेदको जानकारी दिएकी छिन् । पोस्ट गर्दै उनले लेखेकी छन्, ‘क्याप्सनको कुनै आवश्यकता छैन। ...केबल तपाईंको समझ र मायाको खाँचो छ।’

सुपरस्टार रजनीकान्तकी जेठी छोरी ऐश्वर्यासँग र धनुषको १८ नोभेम्बर २००४ मा बिहे भएको थियो। उनीहरुका सन्तानको नाम यात्रा र लिंगा हो। धनुषले ऐश्वर्याको निर्देशनमा बनेको पहिलो फिल्म ’थ्री’ मा काम गरेका थिए। यस फिल्मको गीत ’कोलावेरी डी’ २०११ मा सबैभन्दा हिट भएको थियो। 

यसअघि २ अक्टोबरमा दक्षिणका एक हिट जोडी सामन्था र नागा चैतन्यले पनि सम्बन्धविच्छेद गरेका थिए। 

६ अक्टोबर २०२१ मा सामन्था र नागा चैतन्यको बिहेको चार वर्ष पूरा हुँदैथियो। तर यसअघि नै उनीहरु अलग भए। 
 

धनुष

विशेष