News

बावुराम भट्टराईलाई सचिव बनाएर आफु मन्त्री बन्ने हिसिलाको रहर

बावुराम भट्टराईलाई सचिव बनाएर आफु मन्त्री बन्ने हिसिलाको रहर

पूर्व भौतिक योजना तथा निर्माण मन्त्री हिसीला यमीलाई मन्त्री वनेर पतिलाई सचिव बनाउने उत्कट इच्छा जोगेको छ। पति पशुपति पुरीलाई सचिव वनाएर वसेकी  सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको रजगज देखेपछि उनलाई पनि पतिलाई सचिव बनाउने इच्छा जागेको हो।

पूर्व प्रधानमन्त्री र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका पति बावुराम भट्टराईलाई सचिवको रुपमा देख्न चाहेको उनी स्वयमले वताएकी छिने। मन्त्री रामकुमारी झाँक्रीसँग भेटेर फर्किएपछि उनले सामाजिक सञ्जालमा लेखेकी छिन्–‘शहरी मन्त्री रामकुमारी झाँक्री भेट्न जाँदा पशुपति वावु पुरी पनी भेटें। वहाँ त भौतिक योजनाको उपसचिव मात्र नभएर मन्त्री झाँक्रीको श्रीमान् पनि रहेछ। काश ! म भौतिक योजना मन्त्री भएको बेला बाबुराम भट्टराई पनि कुनै सचिब भैदिएको भए गज्जब हुन्थियो !’

मन्त्री झाँक्रीका श्रीमान् अहिले भौतिक योजना मन्त्रालयमा उपसचिव छन् । धनकुटा जिल्लाका पशुपति र गुल्मीकी रामकुमारीबीचको ५ बर्षे लामो प्रेम सम्बन्ध ०६६ माघ २९ मा विवाहमा परिणत भएको हो ।

यो पनि

मन्त्रीमा झाँक्रीका सय दिनः राज्यको दोहोन गरेर मीत लगाईन, देशको काम सुन्य

रामकुमारी झाँक्री हिसीला यमी

विशेष