News

हिमानी शाह किन पुगिन अमेरिका ? यस्तो छ योजना

हिमानी शाह किन पुगिन अमेरिका ? यस्तो छ योजना

पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुगेकी छिन् । हिमानी ट्रष्टको नयाँ शाखा खोल्न उनी त्यहाँ पुगेकी हुन।

अमेरिकाको वासिङटन डिसीमा ट्रष्टको शाखा खोल्ने तयारी छ। हिमानीले बिहीबार उक्त शाखाको उद्घाटन गर्नेछिन्। 

हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्य तथा प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्दै आएकी छन् ।

हिमानीको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट उन्को जन्म भएको हो । सन् २००० मा उनको पूर्वयुवराज पारससँग बिवाह भएको थियो ।

उनीहरुका छोरा हृदयेन्द्र शाह र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाह छन् ।
 

हिमानी शाह

विशेष