News

दुई घण्टामा सर्वसम्मती नभए माओवादी केन्द्रीय सदस्यका लागि निर्वाचन 

दुई घण्टामा सर्वसम्मती नभए माओवादी केन्द्रीय सदस्यका लागि निर्वाचन 

नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्यमा सहमती जुटाउन प्रयास सुरु भएको छ। केन्द्रीय सदस्यमा सहमति जुटाउन दुई घण्टाको समय छुट्याएको छ भने सहमति हुन नसके निर्वाचन प्रकृया सुरु हुनेछ।

कमलादीस्थित प्रज्ञा भवनमा चलिरहको आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र हलमा सर्वसम्मति प्रयास असफल भए केन्द्रीय निर्वाचन आयोगले निर्वाचन समय कार्यतालिका सार्वजनिक गर्ने जनाईएको छ।

माओवादीको विधान अनुसार केन्द्रीय कमिटीमा ५० प्रतिशत खुला र ५० प्रतिशत सदस्य पूर्ण समानुपातिक प्रकृयावाट सदस्यहरु चयन हुनेछन् । ५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ ।

केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ । यसरी आएका २९९ सदस्यहरुबाट पदाधिकारी चयन हुनेछ । पदाधिकारी कति रहने भन्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई दिइएको छ ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने माओवादीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले वताए । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ । 
 

नेकपा माओवादी केन्द्र

विशेष