News

बर्जु महोत्वसमा भएको क्षतीको जिम्मेवार सिडिओ की गाउँपालिका अध्यक्ष ?

बर्जु महोत्वसमा भएको क्षतीको जिम्मेवार सिडिओ की गाउँपालिका अध्यक्ष ?

भोजपुरी हिरोलाई कार्यक्रममा सहभागि हुन नदिएको झोंकमा मंगलवार सुनसरीको बर्जु गाउँपालिकाका स्थानीयवासीले चार वटा गाडिमा आगो झोसे। बर्जु महोत्सवमा चर्चित भोजपुरी कलाकार खेसारीलाल यादवलाई सहभागि हुन नदिएपछि स्थानीय प्रशासन विरुद्ध स्थानीयको रौद्र रुप देखियो।

उनीहरुले गाडी र स्टेजमा आगो लगाए भने अनियन्त्रीत रुपमा तोडफोड गरे। उक्त क्षतीको जिम्मेवार अहिले स्थानीय प्रशासनलाई वनाउन खोजिएको छ। तर, उक्त ताण्डबको जिम्मेवार वर्जु गाउँपापलिकाका अध्यक्ष रघुनन्दन चौधरी देखिएका छन् ।

स्थानीय प्रशासनको निर्देशन समेतलाई वेवास्ता गरी उनले मेला÷महोत्सव गरेको पाईएको छ। पुस २३ गतेदेखि महोत्सव चलाउन अनुमति दिएको जिल्ला प्रशासन कार्यालयले कोरोना ह्वात्तै बढेपछि २७ गते नै बन्द गर्न गाउँपालिका र आयोजकलाई पत्र पठाएको थियो। तर गाउँपालिकाले जिल्ला प्रशासनको परिपत्रलाई चुनौती दियो।

अध्यक्ष चौधरीले प्रजिअको परिपत्र अनुसार महोत्सव रोक्न मानेनन्। प्रशासनले माघ २ गते अर्को पत्र पठाएर महोत्सव रोक्न भनेको थियो। तर कांग्रेसबाट निर्वाचित अध्यक्ष चौधरीले सत्ताको उन्मादमा ‘स्थानीय सरकार मै हुँ’ भन्दै प्रशासनलाई महोत्सव रोक्ने अधिकार नभएको जिकिर गरे। ‘मेरो गाउँपालिकामा भएको कार्यक्रम रोक्ने अधिकार कसैलाई छैन।’ भन्दै उनी वुरुक्क उफ्रिए। 

प्रजिअ इन्द्रदेव यादवसँग फोनमा पनि उनले त्यसै भनेका थिए । महोत्सव कोरोना फैलाउने कारण हुन सक्ने भन्दै खेसरीलालाई प्रशासनले रोक्ने बताएको थियो। तर अध्यक्ष चौधरीले प्रजिअ यादवलाई रोकेर देखाउन चुनौती नै दिए। 

प्रजिअसँगको छलफलका क्रममा पनि अध्यक्ष चौधरीले धम्कीपूर्ण भाषा प्रयोग गरेको स्रोतले बताएको छ। उनले इनरुवाबाटै मेला आयोजक समिति अध्यक्ष सन्तोष उरावलाई फोन गरेर प्रशासनले जे भने पनि महोत्सव जारी राख्न आग्रह गरेका थिए। 

तर, विराटनगर आएका वसेका कलाकार यादवलाई मंगलवार प्रहरीले महोत्सवमा जानबाट रोक्यो। जव खेसरीलाल नआउने जानकारी स्थानीयले पाए तव उनीहरुले तोडफोड र आगजनी सुरु गरे । अहिले गाउँपालिका अध्यक्ष चौधरी क्षतीको जिम्मेवारी स्थानीय प्रशासनले लिनु पर्ने भन्दै अभिब्यक्ति दिन थालेका छन् ।

बर्जु महोत्सव खेसारीलाल यादव

विशेष