News अर्थ कर्पोरेट

उपभोक्ता ठग्ने होटलका कर्मचारीले पत्रकारलाई हप्काए (श्रृंखला–१)

उपभोक्ता ठग्ने होटलका कर्मचारीले पत्रकारलाई हप्काए (श्रृंखला–१)

ठमेलको क्षेत्रपाटी चोकबाट करिब सय मिटर पुर्वमा सेतो रङ्गको चारतले आलिसान भवन छ । ठमेल जस्तो घरैघरले उकुसमुकुस भएको ठाउँमा पार्किङ्ग सुविधा सहितको भव्य भवन भएको थोरै होटेल मध्येको एक हो– पोतला गेस्ट हाउस । ६० लिभिङ्ग रुम, छुट्टै रेस्टुरेण्ट, बार तथा गार्डेन भएको पोतला गेस्ट हाउसमा देश विदेशका पाहुना, ठूला नेतादेखि भिआईपीसम्म खान, बस्न आउँछन् ।

तर धनीमानीहरुको विषेश उपस्थिति रहने पोतला गेस्ट हाउसको मेनु भने ‘गैरकानुनी’ रहेको खुलासा भएको छ । नेपालको प्रचलित भ्याटसम्बन्धि नियम अनुसार मूल्य अभिवृद्धि कर नियमावली, २०५३  को नियम १४ ९ख० मा स्पष्ट भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, विक्री कक्ष, होटल, रेष्टुरेन्ट, बार, कारोबार स्थल वा आपुर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको विक्री मूल्य ९ट्याग प्राइस, मेनु प्राइस र सेल्स प्राइस० मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’


 
होटेलले मेनुमा एउटा मूल्य राख्ने र ग्राहकसँग कुनै वस्तुको मूल्य लिँदा त्यसमा भ्याट र सेवा शुल्क जोडेर लिने गरेको छ । त्यसो गर्दा ग्राहकहरु पनि अन्यौलमा पर्ने गरेका छन् । ‘त्यसरी उठाएको भ्याट बुझाए/नबुझाएको पनि यकिन नहुने भयो’ एक ग्राहक भन्छन्, ‘यो त सरासर ठगी नै हो ।’

भ्याट नियमावली अनुसार मेनुमा भ्याटसहितको मूल्य राख्नुपर्ने स्पष्ट कानुन भएपनि बाहेकको मूल्य राखेर पोतला गेस्ट हाउसले भ्याट सम्बन्धि कानुन मिचेको हो । 

पोतला गेस्ट हाउसले विद्यमान नियमावली विपरित मेनुमा तोकिएको शुल्कको अतिरिक्त १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याट भन्दै सेवाग्राहीबाट रकम असुल गर्ने गरेको भेटिएको छ । 

ठमेलको पोतला गेस्ट हाउसले आफ्नो वेबसाइटमा बाँसबारीमा रहेको साम्बाला गेस्ट हाउसको ब्राण्ड होटेल भएको उल्लेख गरेको छ । उता बाँसबारीको साम्बाला गेस्टहाउसले पनि मेनुमा तोकिएको शुल्कको अतिरिक्त १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याट भन्दै सेवाग्राहीबाट रकम असुल गर्ने गरेको भेटिएको छ ।

नियमावली अनुसार मेनुमा भ्याटसहितको मूल्य राख्नुपर्ने र भ्याट बाहेकको राख्न नपाईने नियमको ठाडो उलंघन गर्ने साम्बाला र पोतला गेस्ट हाउस प्रतिनिधि होटेल मात्र हुन। यस्तो प्रवृति अन्य होटेल तथा रेस्टुरेण्टमा पनि पाईन्छ। 

मूल्य अभिवृद्धि कर नियमावली विपरित मेनु राखेर असुलि गरिरहेको विषयमा पोतला गेस्ट हाउसका अपरेसन म्यानेजर रिन्जिन लामासँग फोनमा बुझ्दा उल्टै भ्याटको बारेमा प्रश्न गर्न तपाई राजस्व विभाग हो भनेर हप्काएका छन् । नियमावली विपरित मेनु राखेर अतिरिक्त शुल्क उठाउनु गैर कानुनी भएको भनेपछि म्यानेजर लामाले त्यसबारेमा ‘फोनमा बोल्न मिल्दैन यतै आउनुस् भेटेर कुरा गरौ’ भन्दै फोन राखे । 

बाँसबारीको साम्बाला गेस्ट हाउसका अपरेसन म्यानेजर रविन मानन्धरसँग बुझ्दा उनले आफुलाई यस बारेमा थाहा नभएको प्रतिक्रिया दिए । उनले भने– ‘हामीले विगतदेखि नै यसरी नै मेनु राखेर कारोवार गर्ने गरेका छौँ । नियम विपरित भएको छ भन्ने बारेमा जानकारी भएन ।’

यता भ्याट सम्बन्धि नियम कार्यान्वयन भएको छ वा छैन भनेर हेर्ने निकाय आन्तरिक राजश्व विभागका एक अधिकारीले भ्याट नियमावलीमा लेखिएको कुरा अक्षरस पालना गर्नुपर्ने बताएका छन् । ‘नियममा जे लेखिएको छ, त्यो अक्षरस पालना गरिनुपर्छ’ उनले भने, ‘नियम अक्षरस पालना नगर्ने जो कोहि पनि कारवाहीको भागीदार हुनुपर्छ ।’

यो पनि

मदिरा ब्यापारीको भ्रमको खेती, खुकुरी रमले जाडो भगाउँछ ?

पार्क भिलेजको गोरखधन्दाः गैरकानुनी मेन्यु, उपभोक्तालाई ठगी
 

पोतला गेस्ट हाउस साम्बाला गेस्ट हाउस

विशेष