News कर्पोरेट

मदिरा ब्यापारीको भ्रमको खेती, खुकुरी रमले जाडो भगाउँछ ?

मदिरा ब्यापारीको भ्रमको खेती, खुकुरी रमले जाडो भगाउँछ ?

अचानक मौसम विग्रिएपछि देशभर जाडो छ। सर्वसाधारणले जाडोबाट वच्न खाने, लाउने र ताप्नेसम्मको ब्यवस्था गरेका छन् । तर, यो सवै ब्यवस्था गर्ने सवैको क्षमता छैन। विपन्न परिवारका सदस्यले जाडोबाट वच्न आवश्यक तयारी गर्न सकेका छैनन्। यही वाध्यताले हेरक वर्ष नेपालमा १/२ जना मात्र होईन, दर्जनौंको अनुपातमा सर्वसाधारणले ज्यान गुमाउँछन् ।

यो समस्या प्रायः तराई/मधेशका जिल्लामा धेरै छ। पुस–माघ लागेपछि तराई मधेशमा सितलहर चल्छ। यही वेला जाडो छल्न नसकेर कपितयले ज्यान गुमाउँछन्। ग्रामिण क्षेत्रमा अहिले पनि जाडो भगाउन मदिरा सेवन गर्ने प्रचलन छ। त्यसमाथि खुकुरी रम खाएपछि जाडो पनि नहुने र चिसो लागेको भए ठिक हुने आम मान्यता छ।

तर, यही गलत मान्यताले भित्रभित्रै कठ्याङग्रिएर धेरैले ज्यान गुमाएका उदाहरण पनि छन् । चिकित्सकहरुका अनुसार जाडो मौसममा चिसोले मानिसको शरिर कक्रक्क पर्छ। शारिरक व्यायाम नगर्नाले पनि प्राय यो समस्या देखिन्छ। यस्तो वेलामा मदिरा वा चुरोट पिउनु विष पिए सरह हुन्छ। जाडोमा मदिराले तातो महसुस भएपछि शरिरलाई गम्भिर असर गर्ने उनीहरु वताउँछन्। मदिरा पिएपछि चिसो कट्छ भन्ने भ्रमका कारण पनि कतिपयले अकालमा ज्यान गुमाउँने गरेको उनीहरुको वुझाई छ।

यही भ्रममा परेर खुकुरी रम पिउँदा दुई वर्षअघि चन्द्रागिरी नगरपालिका –७, मातातिर्थका ४२ वर्षिया किशोर तामाङ्गले ज्यान गुमाए। खुकुरी रम खाएकै कारण किशोरले ज्यान गुमाउनु परेको परिवारको वुझाई छ। किशोरका ज्वाई दावा तामाङ्गका अनुसार ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका किशोर ०७६ फागुन १ गते सदा झै काममा निस्किए। चिसो मौसम भएकाले कामबाट चाँडै फर्किए। निजगढबाट सालो (श्रीमतीका भाई) आएको र जग्गा वेचेको पैसा पनि रहेकाले मदिरा पिउने सल्लाह भयो। 

चिसो काट्छ भन्दै सवै मिलेर खुकुरी रम खाने सल्लाह भयो। अरुले पानी मिलाए खाए भने किशोरले पानी विना नै २ क्वाटर खुकुरी रम खाए। दाबाकै घरमा करिव ७ वजे वसेका उनीहरु साढे ९ वजेतिर उठेर सुत्ने तयारीमा लागे। किशोर घर पुगेर सुत्ने तयारी गर्दैगर्दा खाट छेउमै लडेर ज्यान गुमाए। तर, उनको निधन भएको फागुन २ गते विहान ४ वजे मात्रै थाहा भयो। उच्च रक्तचापका विरामी समेत रहेका किशोरलाई खुकुरी रमको ‘आन्तरिक गर्मी’ लडाएको दावाको वुझाई छ। खुकुरी रमको गर्मीले ब्लड प्रेसर उच्च भएर किशोरको मृत्यु भएको दाबाले दावी गरे।

किशोरको निधनपछि अहिले उनको परिवार विचल्लीमा छ। उनका श्रीमती दुई छोरा र एक छोरी छन् । एक छोरा र एक छोरीको विवाह भएको छ। उनीहरु आफनो–आफनो हिसावले गरिखाए पनिसानो छोरा र आमाको विचल्ली भएको छ।

स्कुल पढ्दै गरेको सानो छोरो ज्याला मजदुरी गर्न थालेको छ। ५ हजार घरभडासहित खर्च पुर्याउन हम्मेहम्मे परेपछि आमा पनि मजदुरी गर्न थालेकी छिन्।

यति मात्र होईन, खुकुरी रमको कारणले किशोर तामाङ्ग मात्र होईन, वर्षेनी अन्य कयौै किशोरले ज्यान गुमाउँदै आएका छन् । नेपालमा राक्षरता दर हेर्ने हो भने पनि एकदमै कम छ। त्यसमाथि मदिराले जाडो काट्छ भन्ने भ्रम भएका मानिसको संख्या उच्च छ। पढेलेखेकै ब्यक्ति समेत खुकुरी रममा तातो पानी मिसाएर खाँदा चिसो कट्छ भन्ने मान्यता राख्छन् । अशिक्षित मान्छेको वाहुल्य भएको हाम्रो जस्तो देशमा यही खुकुरी रमकै कारण पनि कयौले ज्यान गुमाएका होला। तर, यसको अनुसन्धान गर्ने, रेकर्ड राख्ने र दोसीलाई कारवाही गर्ने नियमनकारी निकायको लाचारीले यसको नियन्त्रण हुन सकेको छैन। 

‘खुकुरी स्पाइस्ड रम’ विक्री गर्दै आएको ‘दि नेपाल डिस्टिलरिज’ नामक कम्पनिको भ्रमपुर्ण विज्ञापनका कारण यस्ता घट्ना वृद्धि भएको हुन सक्ने धेरै सम्भवना छ। कतिपय मानिस सानातिना रोगलाई रोग नै होईन भन्दै उपचार नगराई वस्ने गरेका छन् । उच्चरक्त चाप, सुगरलगायतका भित्री रोगका वारेमा धेरैलाई जानकारी नै नहुन सक्छ। किनकी उनीहरु थला परेर ओछ्यान नपरेसम्म अस्पताल जाने परम्पार अहिले पनि विकास भएको छैन। ज्यानमा रोग भए÷नभएको वारेमा जानकारी नै नभएको ब्यक्तिले खुकुरी रम सेवन गर्यो भने के होला ?

तर, खुकुरी रम विक्रिवितरण गर्दै आएको कम्पनीले आफनो आधिकारीक फेसबुक पेजमार्फत ‘चिसो भगाउन खुकुरी रम पिउनु पर्ने’ विवादास्पद विज्ञापन प्रचार गरिएको छ । उक्त विज्ञापनमा चिसोमा हिटर ताप्नुभन्दा मदिरा पिउनुपर्ने उल्लेख छ । यसैगरी कपडा लाउनु भन्दा पनि खुकुरी रम पिउनु पर्ने विज्ञापन गरेर मानिसलाई भ्रममा मात्र पारेको छैन, मदिरा सेवनका कारण ज्यान गुमाउने अवस्थाको श्रृजना समेत गरिरहेको छ।

जबकी मदिरा स्वास्थ्यका लागि हानिकारक बस्तु हो । तर, नर्भिक अस्पतालका सञ्चालक समेत रहेका बसन्त चौधरीको लगानीमा रहेको ‘दि नेपाल डिस्टिलरिज’ कम्पनिले यसरी विवादास्पद र भ्रमपुर्ण विज्ञापन गर्दा समेत नियमनकारी निकायले चासो दिएको छैन। 

यो पनि

खुकुरी रम अब अमेरिकामा !

खुकुरी रम

विशेष