News

पत्रकार एलवी प्रकरणमा निर्ममतापूर्वक छानविन हुनु जरुरीः प्रेस काउन्सिल

पत्रकार एलवी प्रकरणमा निर्ममतापूर्वक छानविन हुनु जरुरीः प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालको टोलीले पत्रकार एलबी विश्वकर्माको मृत्यु प्रकरणमा सिभिल अस्पताल पुगेर छानविनको माग गरेको छ।

काउन्सिलका अध्यक्ष बालकृष्ण वस्नेतसहितको टोलीले शुक्रवार अस्पताल पुगेको हो। अध्यक्ष वस्नेतले पछिल्लो समय अस्पताल व्यवस्थापन र स्वास्थ्यकर्मीका व्यवहारमा चौतर्फि प्रश्न उठेकोले निर्ममतापूर्वक छानवीन हुनु पर्ने माग गरेका छन् ।

‘पत्रकार एलबी विश्वकर्माको मृत्युमा उठेका गम्भीर प्रश्नहरु छानवीन गर्न र दोषीमाथि कडा कारवाही माग गर्दै प्रेस काउन्सिल नेपालको टोली आज सिभिल अस्पतालमा’ वस्नेतले आफनो फेसवुकमा लेखेका छन्–‘पछिल्ला समय उक्त अस्पताल व्यवस्थापन, स्वास्थ्यकर्मीका व्यवहारमा चौतर्फि प्रश्न उठेकोले निर्ममतापूर्वक छानवीन हुनु जरुरी छ ।’

यो पनि
प्रेस चौतारीका अध्यक्ष वस्तेनले लाशमाथि राजनीति गरेको आरोप

प्रेस काउन्सिल नेपाल

विशेष