News बैंकिङ

एनआईसी एसिया वैंकको ६ महिनाको नाफा २ अर्व ४० करोड

एनआईसी एसिया वैंकको ६ महिनाको नाफा २ अर्व ४० करोड

एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १६ दशमलव ५७ प्रतिशतले वढेर २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

एनआईसी एसिया वैंकले गत वर्ष २ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वैंकको वितरणयोग्य नाफा १८ दशमलव ०२ प्रतिशतले वढेर ८५ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

एनआईसी एशिया बैंकले चालू आव ०७८/०७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस अवधिमा कर्जा व्यवसायतर्फ १७ प्रतिशत अर्थात ४० अर्बले वृद्धि गरी कुल कर्जा २७३ दशमलव ४६ अर्ब पु-याएको छ।

निक्षेपतर्फ ८ प्रतिशत अर्थात २२ दशमलव ०४ अर्ब वृद्धि गरी कुल निक्षेप संकलन २९९ दशमलव ३४ अर्ब पु-याएको छ भने खुद मुनाफा २ दशमलव ४० अर्ब आर्जन गरेको छ। जुन वार्षिक विन्दुगत आधारमा १६ दशमलव ५७ प्रतिशतको वृद्धि हो ।


कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्दै सून्य दशमलव ४७ प्रतिशतमा सीमित राख्न सफल भएको छ । ५ लाख भन्दा बढी नयाँ खाता खुलेर खाता ३३ लाख भन्दा बढी पुगेको छ।
 

बैंकको  खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएको छ । बैंकका अनुसार खुद ब्याज आम्दानी ३२.८१% र सञ्चालन नाफा १२.५९% ले बढेको हो । साथै बैंकको निक्षेप संकलन ०.७०% ले घट्दा कर्जा लगानी भने ५.२९% ले वृद्धि भएको छ ।

यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७ पैसाले बढेर ४१ रुपैयाँ ४३ पैसा कायम भएको छ । पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा छ । 
 

एनआइसी एशिया

विशेष