बीरेन्द्रले असफल वनाएका थिए मुस्ताङ टुक्याएर तिब्बत कब्जा गर्ने योजना !
गत पुस १४ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका पार्टी तथा विभिन्न राजावादी संस्थाहरुले स्वर्गीय राजा वीरेन्द्रको ७६औं जन्मजयन्ति मनाए। कसैले शान्ति क्षेत्र जस्तो मौलिक अवधारणा ल्याउने राजाका रुपमा तथा धेरैले उदार र जनप्रिय राजाको रुपमा वीरेन्द्रलाई स्मरण गरे।
यही सन्दर्भमा राप्रपाका पुर्वअध्यक्ष एवम पुर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले वीरेन्द्र सरल र असल मानव भएको प्रतिक्रिया दिएका छन् । उनले राजा विरेन्द्र राजनीतिक दलका नेताहरुभन्दा बढी देशभक्त र जनताका प्रिय रहेको दावी गरे ।
राजा वीरेन्द्र देश र जनताका लागि जस्तो सुकै खतारा उठाउन सक्ने र जस्तोसुकै सम्झौता गर्न तयार हुने राजा रहेको लोहनीको भनाई छ। एउटा टेलिभिजनलाई दिएको अन्तर्वाताका क्रममा उनले भनेका छन्–‘राजा विरेन्द्रले खम्पा काण्ड ( खम्पा काण्ड: नेपालबाट मुस्ताङलाई टुक्याएर तिब्बत कब्जा गर्न विदेशीले गराएको विद्रोह !) मा विदेशीहरुले चाईनामा डिस्टर्भ गर्छु भन्दाखरी नेपाली सेना परिचालन गरेर त्यसलाई रोकेको हो नी ? त्यो आँट थियो।’
बीरेन्द्रमा सवै विदेशी (देश) लाई मिलाएर अघि वढ्न सक्ने क्षमता रहेको उनले वताए । ‘राजा विरेन्द्र त्यो राजा हो, जस्ले अमेरिकाको सिनेट र हाउस अफ रिप्रेजेन्टिभ/अमेरिकाको प्रतिनिधि सभा र राष्ट्रिय सभा भन्नोस न, दुईटैको संयुक्त सदनलाई गएर सम्वोधन गरेका थिए, रेगनको पालामा’ उनले भने–‘त्यत्रो सफलता भएको थियो । फोरेन पोलिसीमा त वहाँको एक दम राम्रो थियो।’
बीरेन्द्रमा नयाँ काम गर्नका लागि छुट दिने, सवैका कुरा सुन्न सक्ने क्षमता पनि रहेको उनी सम्झन्छन् । विपी कोईरालालाई विरामी पर्दा राजा बीरेन्द्रले नै ‘तपाई जानोस ट्रिटमेन्ट गर्नका लागि’ भनेर पठाएको पनि उनले वताए ।
राजा विरेन्द्र विदेशीको अगाडि कहिलै नझुक्ने र जनताको लागि जस्तो सुकै त्याग गर्न सक्ने त्यागी राजा भएको उनले वताए । ‘जव पहिलो जनआन्दोलन भयो, त्यो जनआन्दोलनको समयमा राजा विरेन्द्रलाई तपाई हामीले भनेका यि सर्तहरु मान्दिनोस । नेपालको परराष्ट्र र नेपालको डिफेन्समा भारतसँगको सल्लाहबाट चल्ने अथवा विदेशीको सल्लाहबाट चल्ने कुरा मान्दिनोस हामी तपाईलाई यथास्थितीमा राखेर आन्दोलन–सान्दोलन ठिक गराउँछौं’ भनेर यहाँ त आएकै हो नी।’ उनले थपे–‘यो कुरा वाहिर आएको छ, को आको भन्ने पनि थाहा छ। विदेशी मित्रहरु आएका हुन, त्यो वेला राजा विरेन्द्र नै यस्तो राजा हुन, उनले म वरु विद्रोहीहरु सँग कुरा गर्छु। तर, मेरो देशको सार्वभौमिक्तामा आँच आउने काम चै म गर्दिन भनेर उनीहरुलाई फिर्ता पठाए ।’
त्यसपछि गिरिजाप्रसाद कोईराला, साहाना प्रधान र साधाकृष्ण मैनालीसहित चार जनालाई दरवारमा वोलाएर बीरेन्द्रले प्रजातन्त्रका लागि प्रस्ताव गरेको उनले वताए । ‘वहाँहरुसँग कुराकानी गरेर ल तपाईहरुलाई मैले दिएँ भनेर भन्ने आँट भएको राजा हो नी त। उनले त विदेशीको अघिलतिर, भोली उनीहरुको सर्पोटमा वसौला भनेर त वसेनन्’ लोहनीले भने–‘त्यसैले वहाँ राष्ट्रवादी राजा हो। देशको हितलाई सवभन्दा माथि राख्ने राजा हो। र नेपालीहरुले मन पराएको राजा हो।’
राजा बीरेनद्र र अहिलेका नेताहरुमा तुलानै नहुने उनको भनाई छ। ‘बीरेन्द्रको तुलनामा अहिलेका नयाँ राजाहरुको स्ट्यान्डर्ड निकै माथि छ। वहाँ हामीलाई व्रिफिङमा वोलाउँदा चिया विस्कुट खुवाउनु हुन्थ्यो।’
२००२ साल पुस १४ गते जन्मिएको वीरेन्द्र तत्कालीन राजा महेन्द्रको मृत्युपश्चात् २०२८ सालमा राजगद्दी आरोहण गरेका थिए। दरबारभित्रकै किचलोका कारण ३ वर्षपछि अर्थात् २०३१ सालमा मात्रै उनको शुभराज्याभिषेक भयो।
राजा वीरेन्द्र शालीन, भद्र, दयालु र विद्वान् अनि विकासप्रेमी थिए । उनी देशभर यात्रा गरेर देशको र जनताको वास्तविक अवस्था बुझेर सोहीअनुसारका नीति र कार्यक्रम ल्याउने प्रयास गर्थे। विकेन्द्रीकरणलाई अझ चुस्त र प्रभावकारी बनाउने प्रयत्न पनि उनले गरेका हुन् ।
२६ चैत २०४६ को राती ११ बजे वीरेन्द्रले प्रजातन्त्र घोषणा गरेका थिए । त्यसपछि राजा वीरेन्द्र र रानी ऐश्वर्य विच निकै खटपट भएको थियो भनिन्छ। ऐश्वर्य त्यति सजिलै प्रजातन्त्र दिने पक्षमा थिइनन् रे ! तर, राजा वीरेन्द्रले आन्दोलन जारी रहे निकै जनताको मृत्यु हुने ठानेर प्रजातन्त्र घोषणा गरेका थिए भन्ने केही तत्कालीन दरबार निकटहरू वताउँछन् ।
यही विषयमा विवाद हुँदा ऐश्वर्यले आफ्ना श्रीमान वीरेन्द्रमाथि गोली प्रहार गरेकी थिइन् भनिन्छ । तर पनि वीरेन्द्र पछि नहटेको उनीहरु वताउँछन् ।
०५८ जेठ १९ गते राती तत्कालीन राजा वीरेन्द्रको सम्पूर्ण परिवारकै हत्या गरिएको थियो। युवराज दीपेन्द्रले बंश नाश गरेको सरकारी प्रतिवेदन आएपनि जनताले अझै पनि त्यसमा विश्वास गर्न सकेका छैनन्।
राजा वीरेन्द्र