News

लागूऔषध खानतलासी गर्न गएका प्रहरीले मोबाईल चोरेर फर्किएपछि..

लागूऔषध खानतलासी गर्न गएका प्रहरीले मोबाईल चोरेर फर्किएपछि..

कैलालीको धनगढीस्थित एक मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरेको भिडियो सार्वजनिक भएको छ । धनगढीस्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा एक प्रहरीले मोबाइल चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको हो ।

`लागूऔषध कारोबार भइरहेको छ भनेर ग्यालरीमा खानतलासी गर्न प्रहरी टोली आएको थियो,´ सञ्चालक सुवास रावलले दिनेशखबरलाई भने, `खानतलासीको नाममा दुई वटा मोबाइल प्रहरी कर्मचारीले नै चोरी गरेका छन्।´ उनले चोरीमा सलग्न प्रहरीलाई कार्बहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले सोबारे छानबिन भइरहेको बताए ।

यता प्रहरीले भने लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट ३ जनालाई पक्राउ गरेको थियो। धनगढी–५ का पसल सञ्चालक दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ । 

 

कैलाली नेपाल प्रहरी चोरी

विशेष