News

ज्ञानेन्द्र शाहीले योगेश भट्टराईलाई यस कारण भने ‘खुङखार अपराधी’ 

ज्ञानेन्द्र शाहीले योगेश भट्टराईलाई यस कारण भने ‘खुङखार अपराधी’ 

भ्रष्टाचार विरोधी अभियान चलाएर चर्चामा रहेका ज्ञानेन्द्र शाहीले नारायणहिटी दरवार संग्रहालय र बतास प्रकरणमा संलग्न कर्मचारी र मन्त्रीसमेतलाई कारवाही गरेर देखाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई चुनौती दिएका छन् ।

एउटा युट्युव च्यानललाई अन्तरवार्ता दिने क्रममा शाहीले बतास प्रकरणमा उसले वनाएका दुईटा संरचना भत्काउँदैमा मन्त्रीको दायित्व पुरा नहुने भन्दै बतास जस्ता भ्रष्टहरुलाई जन्मनै नदिने गरी नीतिगत ब्यवस्था नगरे आज ‘बतास’ जन्मियो, भोली ‘हावा’ जन्मिने वताए ।

सेती नदीको वहावै परिवर्तन हुने गरी ढुङ्गा गिटी वालुवा उत्खनन् गर्नका लागि अनुमति दिईएको भन्दै उनले भने–‘कसरी दियो होला सम्झनोस त। पैसाको कति अन्धो वनेका। त्यो अनुमति दिने कर्मचारी को हो ? त्यसलाई खोजिया छ आजसम्म ? त्यो टिप्पणी उठाउने कर्मचारी को हो ? त्यो त अहिले ऐस–आरामसँग हाँसिराखेको छ, किन भने नेताले दियो।’

बतास तथा सेती नदी लगायतका प्रकरणमा दोसी कर्मचारीहरु भएको उनको तर्क छ। ‘वास्तवमा वदमास त त्यो कर्मचारी हो नी । किनकी उसले तलबाट टिप्पणी उठाएर सहि हो भनेर वनाएर दिएको हो नी’ उनले भने–‘त्यो कर्मचारी आज कहाँ छ अत्तोपत्तो छैन। त्यो कर्मचारीको अव सम्पत्ति हेर्ने की नहेर्ने ? जतिखेर वतास ग्रुपको त्यो निर्णय गरेको छ। मन्त्री प्रेम आले ज्यूलाई मेरो आग्रह छ, तपाईले वतास ग्रुपको संरचना भत्काउनु भयो धेरै धेरै धन्यवाद। तर, अव तपाईले अर्को एक्सन के लिनु पर्छ भने त्यो वतास ग्रुपलाई लाईसन्स÷ठेक्का दिदाखेरी तपाईका कति जना कर्मचारीहरु त्यसमा संलग्न छन् । तलको खरदारदेखि माथिको सुब्बासम्म, उपसचिव र सचिवसम्मकालाई अव मुद्दा दर्ता गर्नोस। भ्रष्टाचारको काण्डमा यिनीहरुलाई मुद्दा दर्ता गर्नोस र यिनीहरुलाई सख्त कार्वाही गरेर । यिनीहरुको सम्पत्ति जफत गरेरे आजिवन कारावास हाल्ने काम चै प्रेम आलेले गर्नुभयो भने स्थायी समाधान हुन्छ।’

मन्त्री आलेले त्यति नगर्ने हो भने आज दुई वटा संरचना भत्काएपनि त्यसले फेरी अरुलाई घुस ख्वाएर अर्को संरचना वनाउँने शाहीले दावी गरे। ‘प्रेम आलेको सकृयता राम्रो कुरा हो। हामी आशावादी छौं, मन्त्रीले गर्नु भएको यो काममा हामी धन्यवाद पनि दिन्छौं। किनभने मन्त्रीले गर्ने काम यति मात्रै होईन, यहाँभन्दा अरु छन्’ उनले भने। 

‘पुर्वाग्रही भएर गरिएको काम भन्छन्’ भन्ने प्रस्तोताको जिज्ञासामा शाही भन्छन्–‘चाहे त्यो पुर्वाग्रही होस वा नहोस। तर, गतल काम गर्नेहरुको विरुद्धमा गरिएको काम स्वागतयोग्य छ। अरु कुरासँग मतलव होईन, वहाँले गरेको कामसँग मतलव हो। फेरी वहाँ कुन पार्टीका हुन, कुन दलका हुन, उनका कार्यकर्ता कति वदमास छन्, त्यो सँग हामीलाई कुनै पनि लेनादेना छैन। तर, वहाँले अहिले गरेको काम यतिले पुग्दैन। मन्त्रीले गर्ने काम यति मात्रै होईन। त्यो संरचना भत्काउने काम त नगर विकासले पनि गर्न सक्छ। अव मन्त्रीले नीति परिवर्तन गर्ने हो। आज त वतास भन्ने आयो, अव भोली त्यस्ता फटाहरु नआउन। त्यसका लागि नीति नै परिवर्तन गर्दिने। मन्त्रीको त काम त्यो होनी त। त्यो काम चै प्रेम आलेले गर्नुपर्छ।’

प्रेम आलेले त्यो काम नगर्ने हो भने चै सस्तो लोकप्रियताका लागि गरिएको हो की ? भनेर जनताले आशंका गर्न सक्ने उनको वुझाई छ। ‘किन भने वतासका दुई वटा संरचना भत्काएर मात्रै हुदैन, यिनीहरुसँग संलग्नता भएका कर्मचारी, त्यतिखेरका मन्त्रीहरु, त्यतिखेरका सचिवहरु, त्यसलाई अनुमति दिनेहरुलाई सवका–सवलाई जेल हाल्नुपर्छ’ उनले थपे–‘यसका लागि पुर्व पर्यटन मन्त्री, वैगुनी केटो पनि भन्छन्, होईन ?’

नेपालगञ्ज काण्डमा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईको आलोचना गर्दै उनले भने–‘वहाँ नेपालगञ्ज काण्डमा त्यत्रो दोसी हुनुहुन्थ्यो। हामीले त्यो प्लेन रोकीसकेपछि त्यत्रो आक्रमण गर्न पठाउनु भयो। अपराधि जहिले पनि अपराधी हुन्छ भन्ने कुरा त आज देखिएको छ नी। अपराधिको चरित्र एक न एक दिन उदाङ्गो हुन्छ।’

बालकोट दरबारमा डिस्को खोल्न ज्ञानेन्द्र शाहीको प्रश्ताव

ज्ञानेन्द्र शाही

विशेष