News

मोबाइल चोर्ने प्रहरी हवल्दार र जवानलाई हिरासतमा राखेर अनुसन्धान हुँदै

मोबाइल चोर्ने प्रहरी हवल्दार र जवानलाई हिरासतमा राखेर अनुसन्धान हुँदै

कैलालीको धनगढीमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा छापा पार्न गएका प्रहरीले मोवाईल चोरीको आरोपमा हिरासतमा राखिएको छ । माघ ५ गते साझ ८ बजे धनगढीको चौराहमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालयको टोली लागुऔषधका बिषयमा छापा हान्न प्रहरी गएको थियो । सोही क्रममा दुई जना प्रहरीले सिसि क्यामरामा मोवाईल चोरीको भिडियो सार्बजनिक भएपछि प्रहरीले मोवाईल चोरीको तत्थ सार्बजनिक भएको थियो ।

भिडियोमा देखिएका जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवना भरतबादुर वईलले प्रहरीले हिरासतमा राखी कार्वाही थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन बिष्टले सुदूरपत्रलाई जानकारी दिए ।‘सिसि क्यामराको भिडियोमै प्रष्ट देखिएको छ मोवाईल झिक्न लागेको’ डिएसपी बिष्टले भने–‘कानुन बमोजिम कार्वाही हुन्छ ।’

‘लागूऔषध कारोबार भइरहेको छ भनेर ग्यालरीमा खानतलासी गर्न प्रहरी टोली आएको थियो, सञ्चालक सुवास रावलले भने, खानतलासीको नाममा दुई वटा मोबाइल प्रहरी कर्मचारीले नै चोरी गरेका छन्। ।’ रावलले माघ ६ गते नै जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीमा सलग्न प्रहरीलाई कार्बहीको माग गर्दै निवेदन दिएका छन् ।

नेपाल प्रहरी मोबाइल चोरी

विशेष