News

प्रेस चौतारीका अध्यक्ष वस्तेनले लाशमाथि राजनीति गरेको आरोप

प्रेस चौतारीका अध्यक्ष वस्तेनले लाशमाथि राजनीति गरेको आरोप

नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका संस्थापक सदस्य एवम टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार २४ वर्षिय लालबहादुर बिक (एलवी) को मृत्यु भएपछि त्यसको तरंग राजनीतिमा पनि देखिएको छ। 

अछामको रामारोशन निवासी पत्रकार विश्वकर्मा पछिल्लो समय काठमाडौंमा रहेर पत्रकारिता गर्दै आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा पु¥याइएको थियो। तर, कोरोना परीक्षणविना उपचार नहुने भन्दै उनलाई फर्काइयो।

त्यसपछि पाटन अस्पताल पु¥याइए पनि बुधवार राती नै उनको मृत्यु भयो । त्यसपछि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले वर्तमान सरकारको आलोचना गर्दै फेसवुक स्ट्याटस लेखे। ‘पत्रकार लालबहादुर विक (एलबी) को मृत्यु वर्तमान सरकारको नालायकीपन भएको उनको भनाई छ ।

बिहीबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै बस्नेतले भन्नु भएको छ, ‘पत्रकार लालबहादुर बिकको दुःखद मृत्यु देउवा सरकारको नालायकीपन हो, देउवा सरकार बनाउने पाँच दलका चरित्रहीन नेता र संबिधान बाहिर गएर परमादेश दिने न्यायाधीश हुन् । केपी ओलीको सरकार हुँदो हो त यो समाचार सुन्नु पर्ने थिएन । पत्रकार महासंघमा निर्मला शर्माको नेतृत्व स्थापित भएको थियो भने पनि यो कुरा सुन्नु पर्ने थिएन ।’

प्रचण्ड–माधव र देउवाले बिक जस्ता नागरिकको ज्यान बचाउनेतिर ध्यान दिन नसकेको आरोप पनि उनले लगाएका छन् । ‘लालजीको मृत्युले सत्तामा बसेका यी कुम्भकर्णलाई छुने र दुख्ने कुरै भएन । पत्रकार महासंघ त पत्रकारको हित बाहेक अरु सबै काम गरिराखेको छ । परिवारका सदस्यले मृत्युवरण अगाडि संगठन र आफनो पार्टीको सरकारसामू गरेको याचनाबारे आज मात्र जानकारी पाईयो, त्यस्तो पार्टी र संगठन पनि हुँदो रैछ ।’

बस्नेतले भनेका छन्– ‘माधव नेपाल कार्यकर्ता र जनताका लागि बिष हो, त्यस पार्टीको सबै हाँगा बिङ्गा त्यस्तै रैछन भन्ने प्रमाणित भो । धिक्कार छ ती नेता, पार्टी र संगठनलाई । प्रिय भाई एलबी चक्रव्यूहमा परेर जता लागेको भएपनि एक कल गरेको भए हामी आइपुग्ने थियौ, थाह भएन, जीवन गुमाउनु भो गलत मानिसको बिश्वास गरेर । सरी भाई, अलबिदा प्रिय एलबी ।’

उनको यो स्ट्याटसले लासमाथि राजनीति गरेको आरोप लागेको छ। रामकुमार शाही ‘क्षितिज’ ले उनको स्ट्याटसमा कमेण्ट गर्दै लेखेका छन्–‘लासको राजनीति गर्न लाज लाग्दैन? सुर्खेतका पत्रकार डिलप्रसाद शर्मा (जो प्रेस चौतारीमा आवद्ध थिए)ले सिभिल अस्पतालमा उपचारको समय नपाएर २ वर्षअघि मृत्युवरण गर्दा कसको सरकार थियो? अनि, त्यो केपी ओली र उनी नेतृत्वको सरकारको नलायकीपन थिएन? राज्यका तर्फबाट थुप्रै गल्ती भएका छन् ।’

पत्रकार एलबीको सन्दर्भमा पनि राज्यको स्वास्थ्य प्रणाली, सिभिल अस्पताल, सरकार दोषी रहेको उनले वताएका छन। ‘तर, पीडित परिवारको पीडामा झन् पीडा थपिनेगरी लासमा यति घिनलाग्दो राजनीति गर्न घिन लाग्दैन गणेश जी?’ क्षितिजले लेखेका छन्–‘अनि, तपाईंलाई एक कल गरेको भए कुनै बिरामी बाँच्छ भने केही समय अघि तपाईंकै अफिसका साथी प्रिय शान्तिरामजीलाई बचाउन किन नसकेको? (सरी शान्तिराम जी, नचाहेरै पनि यहाँ तपाईंको नाम जोड्नुपर्ने भो?) यस्तो घिनलाग्दा सोचबाट कहिल्यै माथि उठ्न सक्नु भएन है? सर्वप्रथम तपाईंको सोचलाई हार्दिक श्रद्धाञ्जली !’

लालबहादुर बिक गणेश बस्नेत

विशेष