News

सांसद गंगा चौधरीका विषयमा भीम उपाध्यायको अर्को खुलासा

सांसद गंगा चौधरीका विषयमा भीम उपाध्यायको अर्को खुलासा

एमालेकी सेलिव्रेटी सांसद गंगा चौधरी सत्गौवाले सुनका गहना लगाएको फोटो यतिवेला सामाजिक सञ्जालमा चर्चामा छ। उनी समानुपातिक सांसद हुन्।

राष्ट्रियताको विषयमा संसदमा आवाज उठाएकै कारण चर्चामा आएकी सांसद चौधरीले आफैले सुनका गहनासहितको फोटो राखेपछि सामाजिक सञ्जाल तातिएको हो। खास गरी कम्युनिस्ट भनेका गरिव जनताका नेता हुन् र उनीहरु गरगहनामा रुचि राख्दैनन् भन्ने वुझाईका कारण पनि उनको गहनाको चर्चा भएको हो ।

उनले त्यो फोटो फेसवुकमा राखेपछि सुनका गहनाहरू प्रदर्शन गरेको भनेर आलोचना पनि भयो। पूर्वसचिव भीम उपाध्यायले आफनै फेसवुकमा चौधरीको फोटो राखेर लेखे–‘सुनैसुनमा सजिएकी माननीय एमाले सांसद गंगा चौधरी।’

त्यसपछि गंगामाथि खनिनेहरुको संख्या अझै वढ्यो। एउटा फोटोका कारण आलोचनाको शिकार भएकी उनले त्यसपछि भीम उपाध्यसँग गुनासो गरेको विषय पनि सार्वजनिक भएको छ। यो विषय उनै उपाध्यायले सार्वजनिक गरेका हुन ।

अरूको बिहेमा जाँदा २ तोलाको सुन लगाएको मात्रै हो, यती पनि लगाउन नपाईने? भन्दै उनले प्रश्न गरेको उपाध्यायले जनाएका छन् । त्यसको जवाफमा आफुले ‘मैले पोष्ट गर्दा कुनै नराम्रो वा गुनासो गरेको छैन त! तपाई त मेरो नेता हो, म जनताले आफ्नो कम्युनिष्ट नेतृलाई यति पनि लेख्न नपाईने हो र?’ भनेको उनले फेसवुक मार्फत जानकारी दिएका छन् ।

 

गंगा चौधरी भीम उपाध्याय

विशेष