News

कोरोना संक्रमणबाट एकै दिन १६ जनाको मृत्यु, मृतकको संख्या ११ हजार ६ सय ५१ 

कोरोना संक्रमणबाट एकै दिन १६ जनाको मृत्यु, मृतकको संख्या ११ हजार ६ सय ५१ 

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार देशभरको विवरणअनुसार १६ जनाको मृत्यु भएको हो। 

२४ घण्टामा २० हजार १८७ परीक्षण जनाको परिक्षण गर्दा १० हजार २५४ जनालाई संक्रमण देखिएको छ। हुनेको संख्या भने ७०८ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कोरोनाको ओमिक्रोन भेरिएन्ट नेपालमा फैलिएसँगै एकै दिन मृत्यु हुनेको संख्या यो सबैभन्दा धेरै हो । शुक्रबार दिनभर कोरोनाका कारण ३ जनाको मृत्यु भएको थियो ।
 

विशेष