News

प्रहरीलेनै चोरी गरेपछि...

प्रहरीलेनै चोरी गरेपछि...

धनगढीमा मोबाइल चोरी गरेको आरोप लागेका दुई प्रहरी निलम्वनमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीले सोही कार्यालयमा कार्यरत प्रहरी हबल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई निलम्बन गरेको हो।

अदालतको अन्तिम फैसला नआउँदासम्म उनीहरुलाई निलम्बन गरिएको हो।

उनीहरु माथि अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ। अदालतको अन्तिम फैसला अनुसार उनीहरू चोरी गरेको ठहरिए सधैंका लागि निलम्बनमा पर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए।

धनगढीको मोबाइल ग्यालरीमा माघ ५ गते लागुऔषध कारोबारीलाई समात्न जाँदा उनीहरुले मोवाईल चोरी गरेको आरोप लागेको छ।

ग्यालरीबाट प्रहरीले तीन जना लागुऔषध कारोबारीलाई ब्राउन सुगरसहित समातेको र सोही क्रममा माल र बुढाले एक–एक वटा मोबाइल चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको छ। 
 

विशेष