News

बास्कोटा भन्छन्– फाँसीवादी भट्टराई र फाँसीवादी हिट्लर दाजुभाई हुन

बास्कोटा भन्छन्– फाँसीवादी भट्टराई र फाँसीवादी हिट्लर दाजुभाई हुन

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बावुराम भट्टराई र नेकपा एमालेका नेता गोकुल बास्कोटा विच सामाजिक सञ्जालमै छेडखानी सुरु भएको छ।


अध्यक्ष भट्टराईले ‘संसद अवरोध प्रकरण’ मा एमालेलाई हिट्लर प्रवृत्ति भनेपछि बास्कोटाले लगातार भट्टराईमाथि प्रहार गरिरहेका छन् । भट्टराईले विना कारण ६ महिनादेखि संसद अवरोध गरेको भन्दै ट्वीटरमा एमालेको आलोचना गरेका थिए ।

‘विना कारण ६ महिनादेखि संसद अबरूद्ध गर्ने, वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवाद’ को खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफाँसिवादी तत्व हुन्’ उनले लेखेका थिए–‘नबिर्सौं हिट्लरको मार्गनिर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो!’


त्यसपछि बास्कोटाले भट्टराईलाई लक्षित गरेर ट्वीट गर्दै लेखेका छन्–‘हारजंगमा आठ जना नागरिकलाई घरभित्रै थुनेर जिउदै जलाएर मार्ने, चितवनमा चार बर्षिया वालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले वारम्वार एमालेलाई हिटलरसंग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।’

‘अझ थप्छु’ भन्दै उनले अगाडि लेखेका छन्–‘सामाजिक फाँसीवादी भट्टराई र फाँसीवादी हिट्लर दाजुभाई हुन। रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवस्यक छैन। विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लदैन।’

गोकुल बास्कोटा बावुराम भट्टराई

विशेष