News बैंकिङ

बसन्त चौधरीको खुकुरी रमलाई लाग्दैन उपभोक्ता संरक्षण ऐन ?

बसन्त चौधरीको खुकुरी रमलाई लाग्दैन उपभोक्ता संरक्षण ऐन ?

कानुन अनुसार उत्पादन वा सेवाको बारेमा गलत, अपूर्ण वा शंकास्पद जानकारी प्रसारण गर्न प्रतिवन्ध छ। तर, पैसाको लागि उपभोक्तालाई भ्रममा पार्ने र सर्वसाधारणको स्वास्थ्यमाथि खेलवाड गर्दा समेत कुनै कारवाही भएको पाईदैन।

उपभोक्ता संरक्षण ऐन ०७५ ले नै भ्रमपूर्ण विज्ञापन गरी ब्यापार÷ब्यवसाय गर्न वन्देज गरेको छ। ऐनको परिच्छेद ४ को दफा १६ उपदफा (२) को खण्ड (ख) मा ‘झुठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरी विक्रि गर्ने’ क्रियाकलाप गर्न नहुने उल्लेख छ।


यसैगरी दफा ३८ को खण्ड (च) मा ‘दफा १६ को उपदफा (२) को खण्ड (ख) (ग) (घ) (ङ) (च) (ज) (झ) (ट) (ड) (ढ) (त) र (थ) बमोजिमको अनुचित ब्यापारीक क्रियाकलपा गरेमा वा गराएमा कसुर गरेको मानिने ब्यवस्था छ।


तर, यसको ठाडो उलंघन गर्दै ‘खुकुरी स्पाइस्ड रम’ विक्री गर्दै आएको ‘दि नेपाल डिस्टिलरिज’ नामक कम्पनिको भ्रमपुर्ण विज्ञापन गर्दै आएको छ। कम्पनीले आफनो आधिकारीक फेसबुक पेजमार्फत ‘चिसो भगाउन खुकुरी रम पिउनु पर्ने’ विवादास्पद विज्ञापन प्रचार गरिएको छ ।

उक्त विज्ञापनमा चिसोमा हिटर ताप्नुभन्दा मदिरा पिउनुपर्ने उल्लेख गरिएको छ भने कपडा लाउनु भन्दा पनि खुकुरी रम पिउनु पर्ने विज्ञापन गरेर मानिसलाई भ्रममा पर्ने काम गरिरहेको छ। जसका कारण मदिरा सेवन गरेर मनिसले ज्यानै गुमाउनु पर्ने अवस्था आउन सक्ने जानकारहरु वताउँछन् ।

मदिरा स्वास्थ्यका लागि हानिकारक बस्तु हो । तर, नर्भिक अस्पतालका सञ्चालक समेत रहेका बसन्त चौधरीको लगानीमा रहेको ‘दि नेपाल डिस्टिलरिज’ कम्पनिले यसरी विवादास्पद र भ्रमपुर्ण विज्ञापन गर्दा समेत नियमनकारी निकायले चासो दिएको छैन। 

यो पनि
मदिरा ब्यापारीको भ्रमको खेती, खुकुरी रमले जाडो भगाउँछ ?

खुकुरी रम अब अमेरिकामा !

खुकुरी

विशेष