News

खोप लगाएको आधा घण्टामै मृत्यु, भेरोसेलमाथि आशंका

खोप लगाएको आधा घण्टामै मृत्यु, भेरोसेलमाथि आशंका

कैलालीको कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोना भाइरसविरुद्धको खोप लगाएको आधा घण्टामै एकजनाको मृत्यु भएको छ।

आइतबार दिउँसो कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्यु भएको हो। उनी दिउँसो करिब दुई बजेतिर खोप लगाउन आधारभूत स्वास्थ्य केन्द्रमा पुगेका थिए।

भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किएका उनको करिव आधा घण्टाभित्र बाटोमै मृत्यु भएको जनाईएको छ। उनको शव आधारभूत स्वास्थ्य केन्द्रमा नै राखिएको वडाध्यक्ष भिखराम चौधरीले बताए।

चौधरीका अनुसार स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ। मृत्युको कारण कोरोना विरुद्धको खोप हो वा अन्य कुनै कारण हो ? भन्ने विषय सार्वजनिक भएको छैन।
 

विशेष