News

केपी ओली दम्पत्तिपछि प्रचण्ड पत्नि सीतालाई पनि कोरोना

केपी ओली दम्पत्तिपछि प्रचण्ड पत्नि सीतालाई पनि कोरोना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई अस्पताल भर्ना गरिएको छ।

सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको पारिवारिक श्रोतले जनाएको छ। सीताकी छोरी गंगाले आमालाई तीन दिनदेखि अस्पतालमा राखेर उपचार गरिएको बताएकी छन्।

निमोनिया पनि देखिएकी उनलाई अस्पतालले आईसीयूमा राखेर उपचार गरिरहेको छ।

सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) बाट लामो समयदेखि पीडित छिन्।

यो पनि
एमाले अध्यक्ष ओलीका दम्पत्तिलाई कोरोना संक्रमण

सीता दाहाल

विशेष