News विदेश

विराटनगरमा नेता सुभाष चन्द्र बोसको १२५ औँ जन्मजयन्ती मनाईयो

विराटनगरमा नेता सुभाष चन्द्र बोसको १२५ औँ जन्मजयन्ती मनाईयो

भारतीय स्वतन्त्रता संग्रामका अग्रणी नेता सुभाष चन्द्र बोसको १२५ औँ जन्मजयन्ती विराटनगरमा एक कार्यक्रमको आयोजना गरी मनाईएको छ।

सुभाषचन्द्र बोस इन्टरनेसनल फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा भारतको स्वतन्त्रतामा नेता सुभाषचन्द्र बोसले दिएको योगदान बारेमा विभिन्न वक्ताहरुको चर्चा गरेका थिए । 

कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेता बोसको जीवनबाट प्रेरणा प्राप्त गरी आज नेपालीहरुको गौरवको रूपमा रहेको सगरमाथालाई चीनियाँ अतिक्रमणबाट मुक्त गराउनु पर्ने आवश्यकता रहेको बताए। 

‘महान नेता बोसको जीवनमा हामीले देशभक्तिको प्रेरणा लिएर आफ्नो देशलाई चीनियाँ अतिक्रमणबाट बचाउनुपर्छ’– उनले भने।

त्यसैगरी बीजेपी नेता तथा बिहार प्रान्तका मन्त्री भानु प्रकाश रायले भारतको इतिहासमा सुभाषचन्द्र बोसको जून स्थान हुनुपर्ने हो, त्यो स्थान नदिइएको प्रति असंतुस्टी व्यक्त गरे।

नेता सुभाषचन्द्र बोस इंटरनेशनल फाउन्डेसनका डाइरेक्टर डा. निरंजनले बोसको जीवनी माथि प्रकाश पार्दै भारतमा आउने युवा पीढ़ीले भारतलाई स्वतन्त्रता प्रदान गराउने असली वीर पराक्रमी नेता बोसलाई उचित स्थान दिलाउन संघर्ष गर्ने बताए। 

कार्यक्रममा उद्योग बाणिज्य संघ मोरङका महामन्त्री अनिल कुमार साह, समाजसेवी डा. एसएन झा लगायतले आफ्नो मनत्व रखेका थिए । 

नेता बोसको जन्म २३ जनवरी १८९७ मा भएको थियो भने १८ अगस्त १९४५ मा भएको थियो। दोस्रो विश्वयुद्धका क्रममा अंग्रेज विरुद्ध लड्न उनले जापानको सहयोगमा ‘आजाद हिन्द फौज’ गठन गरेका थिए। उनले सुरु गरेको ‘जय हिंद’ को नारा अहिले भारतको राष्ट्रीय नारा बनेको छ।

‘तुम मुझे खून दो, मैं तुम्हे आजादी दूँगा’ को नारा पनि उनले नै प्रचलनमा ल्याएको थिए। भारतीय नागरिकले उनलाई ‘नेताजी’ को नामले सम्बोधन गर्ने गर्दछन् ।

जानकारी अनुसार जब नेता बोसले भारत स्वतन्त्रताका लागि जापान र जर्मनीसँग सहयोग लिने निर्णय गरे, त्यसपछि ब्रिटिश सरकारले १९४१ मा उनको हत्या गर्न आफना गुप्तचरलाई आदेश दिएको थियो।

सुभाष चन्द्र बोस

विशेष