News मनोरञ्जन मोडेल वाच

पल–समीक्षा सम्बन्धमा नयाँ ट्वीष्टः समीक्षाले लेखिन यस्तो भावुक स्ट्याटस

पल–समीक्षा सम्बन्धमा नयाँ ट्वीष्टः समीक्षाले लेखिन यस्तो भावुक स्ट्याटस

चलत्रिच तथा म्युजिक भिडियो बजारका मोडल पल शाह र गायिका तथा मोडल समीक्षा अधिकारी बीचको सम्बन्धमा नयाँ ट्वीस्ट आएको छ।

समिक्षाले ०७८ कात्तिक ७ गते आफैले लेखेको फेसवुक स्ट्याटस वदर गर्दै त्यो स्ट्याटस अरु कसैको अनुरोधमा लेखिएको र अव वास्तविक्ता वताउने जानकारी दिएपछि उनीहरुको सम्वन्धका विषयमा नयाँ कुरा वाहिर आउने चर्चा सुरु भएको छ।

शनिवार रमिक्षाले फेसवुकमा लेखेकी छिन्–‘म लामो केहि भन्दिन्, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउदैछ, यथार्थ खुलाउनेछु।’

उनीहरुको सम्वन्धका विषयमा केही मिडियामा समाचार आएपछि ०७८ कात्तिक ७ गते समिक्षाले लामो स्टाटस लेख्दै पलसँगको प्रेमसम्बन्धी हल्ला कपोलकल्पित भएको बताएकी थिईन। उनले लेखेकी छिन्, ‘पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् । समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन्, जसले मेरो चरित्र हत्या भएको छ । यसका साथै, पलजीको करिअरमाथि आँच आउने किसिमको सस्तो प्रचारबाजी गरिएको छ । यसो नगर्नका लागि म अनुरोध गर्दछु ।’

यस्ता समाचारले आफूहरुलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पु¥याएको पनि उनले उल्लेख गरेकी थिईन। पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने गरेको बताउँदै समीक्षाले आफु उनको फ्यान भएको समेत उल्लेख गरेकी थिइन् ।

तर, पछिल्लो स्ट्याटसले उनले पल र आफ्नो सम्वन्धका बारेमा खुलासा गर्न खोजेको आँकलन गरिएको छ। यो भन्दा अघिल्लो स्ट्याटसमा उनले नारी भनेर आफुलाई नहेप्न चेतावनी दिएकी छिन् । ‘यदि कसैले नारीलाइ कमजोर सोचेर उस्को बिस्वास र भावनामाथि खेल्यो भने उस्ले नारीको शक्तिको सामना गर्न सक्दैन।’ उनले लेखेकी छिन्–‘त्यसैले नारीलाई कम्जोर नसोच्दा पनि हुन्छ। नारी दुर्गाको रुपमा माया, ममता दिन सक्छिन् भने परेको खण्डमा महाकाली जस्तो रूप लिएर सर्बनास पनि गर्न सक्छिन्।

उनको यो स्ट्याटसमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईसँग जोडिएर चर्चामा रहेकी बालिका खड्काले पनि सपोर्ट गरेकी छिन्। उनले आफनो फेसवुकवालमा लेखेकी छिन्–‘मज्जाले गीत गाउ बैनी जिन्दगीभर, पल–सल तिम्रो जिन्दगीका हाँगाबिँगा हुन तिमी मुल रुख हौ । समिक्षाले गीत गायकै कारण त पल नाच्न पायका छन। पललाई गीत गाउन आउदैन रहेछ। अहिले तिमिलाई पल ठुलो लागेको होला तर, पछि बिहे भयो भने पनि पल्केको तिल्के कता–कता मिल्के बनाउछन र झन तिम्रो जिन्दगी नै बर्बाद हुन्छ। यस्तो क्षणिक माया हावा जस्तै हो चलिरहन्छ। कस्तो मिठो गीत गाउने कला, गला छ किन आत्तिएको ?’

समीक्षाले २४ अक्टोबर २०२१ मा लेखेको फेसबुक स्टाटस 

पल शाह समीक्षा अधिकारी

विशेष