News

संस्कृत विश्वविद्यालयका शोधार्थी विद्वतवृत्तिबाट बञ्चितहुँदा आन्दोलित

संस्कृत विश्वविद्यालयका शोधार्थी विद्वतवृत्तिबाट बञ्चितहुँदा आन्दोलित

विश्वविद्यालय अनुदान आयोगले नेपाल संस्कृत विश्वविद्यालयका विद्यार्थीहरूलाई प्रदान गर्दै आएको छात्रवृत्ति तथा अनुदानबाट बञ्चित गरिएको बताएकाछन् । दाङको बेलझुण्डिस्तिथ नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका शोधार्थीहरूले आवेदन पेश गर्न जाँदा आयोगका कर्मचारीहरूद्धारा वश्वविद्यालय अनुदान आयोगद्धारा प्रदान गरिने विद्वतवृत्ति प्राप्त गर्न नसक्ने र हासिल गरेको विद्यावारिधि पनि मान्य नहुने अभिव्यक्तिहरू दिएको भन्दै आपत्ति जनाएकाछन् । 


शुक्रबार विश्वविद्यालयबाट आधुनिक विषय (स्नातकोत्तर तहमा ५ वर्ष अध्ययन नभएका) मा अनुसन्धान कार्यमा सहभागी शोधार्थीहरूले विद्धतवृतिबाट बञ्चित गरिन खोजिएको भन्दै शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग तथा नेपाल संस्कृत विश्वविद्यालयको ध्यानाकर्षण गराएकाछन् । विद्यार्थीहरुले आधुनिक विषयका पूर्ववर्ती अध्येताहरूले विद्वतवृत्ति अदालतको आदेश अनुसार ५ दिनभित्र कार्यान्वयन नभए आन्दोलन गर्ने विज्ञप्ती मार्फत घोषणा गरेकाछन् ।


विशेष