News

गौर घट्ना दोहा-याउने मन्त्रीको धम्की सकारको नोटिसमा मात्रै

गौर घट्ना दोहा-याउने मन्त्रीको धम्की सकारको नोटिसमा मात्रै

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्तिको चौतर्फी विरोध भईरहँदा सरकारले भने सम्वन्धित पक्षसँग छलफलसमेत नगरेको पाईएको छ। 

गृहमन्त्री बालकृष्ण खाणका अनुसार सरकारले अहिलेसम्म मन्त्री यादव र उनको दल जनता समाजवादी पार्टीसँग छलफल गरेको छैन। 

उनले मन्त्री यादव सम्बद्ध जनता समाजवादी पार्टी (जसपा)ले उनीसँग छलफल गरेपछि मात्र सरकारले धारणा बनाउने वताए। उनले भने, ‘विभागीय मन्त्रीसँग सम्बन्धित पार्टीले पनि छलफल गर्ला । त्यसपछि मात्र यस विषयमा सरकारले सोच्छ ।’

मन्त्री खाँडले मन्त्री यादवको अभिब्यक्ति सरकारको नोटिसमा रहेको बताए। मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने आशयको चेतावनी दिएकी थिईन।

मन्त्री यादवको अभिव्यक्तिमा प्रधानमन्त्री किन मौन भन्ने भन्ने प्रश्नको उत्तर दिँदै खाँडले भने– ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कुरा हामी सबैले नोटिस राखेका छौं । हामी (मन्त्रीहरु)ले संविधान र विधिको पालनाप्रति गम्भीर बन्नुपर्छ ।’

सबैभन्दा पहिला संविधान र विधिको पालना सरकारले नै गर्नुपर्ने उनको भनाइ छ । ‘त्यसकारण मन्त्रीको अभिव्यक्ति कानुन र विधिसम्मत हुनुपर्छ’ उनले भने–‘विधि र कानुन सम्मत अभिव्यक्ति राख्दा राम्रो हुने हो।’

राजनीतिक दल, नागरिक समाज लगायतले मन्त्री यादवलाई बर्खास्त गर्न माग गरिरहेका छन् । मन्त्री यादवले भने आफूले गौर घटना पुनः दोहोरिने वा सिके राउतलाई मार्ने कुरा नबोलेको दावी गरेकी छिन् । सिके राउत नेतृत्वको जनमत पार्टीले आफूविरुद्ध गरेको आन्दोलन र त्यसबाट उत्पन्न मुठभेडको स्थितिलाई हेरेर आफूले गौर घटना पुनः दोहरिन सकिने कुरा बोलेको उनले स्पष्ट पारिन् ।

‘मसँग सुरक्षाकर्मी थिए, हाम्रा हजारौं नेता तथा कार्यकर्ता थिए, त्यसलाई जनमत पार्टीका कार्यकर्ताले रोक्ने प्रयास गरेका थिए, यहाँ कुनै घटना नहोस् भनेर म अर्को बाटो भएर कार्यक्रमस्थलमा गएकी हुँ । यदि मैले हिंसा चाहेको भए, त्यहाँ आफ्ना कार्यकर्ता र सुरक्षाकर्मीलाई छोडेको भए के हुन्थ्यो ?’ उनले भनेकी छिन्–‘त्यहाँ विगतमा जसरी गौर घटना भएको थियो त्यस्तै अवस्था सृजना हुन्थ्यो तर मैले संयमता अपनाएर त्यस्तो नहोस् भनेर अर्को बाटो अपनाएकी थिएँ ।’

राजीनामाको कुरा उठाउनुभन्दा पहिले रौतहटमा माघ ५ गते के भएको थियो, त्यसको सत्यतथ्य छानविन हुनुपर्ने उनले माग गरेकी छिन् ।
 

रेणु यादव बालकृष्ण खाँण

विशेष