News

प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री सोनललाई स्थानीयले लखेटे (भिडियोसहित)

प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री सोनललाई स्थानीयले लखेटे (भिडियोसहित)

बाराको परवानीपुरमा मन्दिर उद्घाटनको बिषयमा दुई पक्षबिच झडप भएको छ । प्रदेश २ को पुर्व भौतिक पुर्वाधार तथा विकाश मन्त्री जितेन्द्र सोनलका कार्यकर्ता र स्थानीय युवा बिच झडप भएको हो । 

प्रदेशसभा सदस्य सोनलले पुख्र्यौली गाँउ परवानीपुर गाउँपालिका–३ लिपनीमालमा जवरजस्ती ब्रह्मबाबाको मन्दिर उद्घाटन गर्न खोजेपछि झडप भएको स्थानीयबासीले बताएका छन । 

स्थानीयका अनुसार सोनल भौतिक पुर्वाधार तथा विकाश मन्त्री हुदाँ मन्दिर निर्माणका लगाी ८ लाख बजेट छुट्याएका थिए भने गाँउपालिकाले ५ लाख बजेट छुट्याएपछि मन्दिर निर्माण सम्पन्न भएको हो । शनिबार सम्पन्न भएको मन्दिरको उद्घाटन सोनलले नै गर्न जवरजस्ती गरेपछि विरोध भएको हो । 

जनताले तिरेको करबाट आएको सहयोग रकममा व्यक्तिले तानाशाही तरीकामा मन्दिर उद्घाटन गरेर व्यक्तिगत नामको सिलालेख लगाउने तयारी गरेपछि विरोध भएको स्थानीय राजेश यादवले बताए । 

उनका अनुसार जनताको भावना विपरित प्रहरी परिचालन गरेर ब्रह्मबाबाको मन्दिर जवरजस्ती उद्घाटन गर्न र आफ्नो नामको शिलालेख लगाउन थालेपछि विरोध भएको हो । 

प्रहरीको लावालस्करसहित सोनल मन्दिर उद्घाटन गर्न पुगेपनि स्थानीय युवाहरुले विरोध गरेका थिए। युवाहरुले सोनल र उनका कार्यकर्तालाई लखेटेका छन् । युवाहरुले सोनललाई घेराउ गर्न थालेपछि प्रहरीले उनलाई बचाएर सुरक्षित स्थानमा लगेको थियो।


सोनलको धर्म राजनीति
प्रदेश सभा सदस्य सोनलले पटक–पटक मन्दिर, मस्जिद उद्घाटन र आफ्नो नामको शिलालेख लेखाउन मरिहत्ते गर्ने गरेका छन । लोसपा नेता सोनल विगतमा पनि धर्मको नाममा उद्घाटन र आफ्नो नामको शिलालेख लगाउने विवादमा पर्दै आएका छन। धर्ममा नाममा राजनीति गर्ने गरकै कारण उनी विवादमा पर्दै आएका छन्।

उनले परवानीपुर गाँउपालिकाकै वडा नम्बर १ बुनियादमा गत २०७६ चैत ११ मा स्थानीय दलितलाई पुजाबाट रोक लगाएर महायज्ञको उद्घाटन गरेका थिए । त्यसबेलामा स्थानीय दलित परिवारले पनि उनको विरोध गरेका थिए ।

यसअघि उक्त गाँउपालिकाको वडा नम्बर ५ नौतममा पनि सार्वजनिक धर्मशालाको उद्घाटनमा वडा अध्यक्ष रामेश्वर कलवारले विरोध गरेपछि प्रहरी परिचालन गरेर उद्घाटन गरिएको थियो। हतार–हतार उद्घाटन गरिएको सार्वजनिक धर्मशाला निर्माणमा अनियमितता भएको ठहर भएपछि वडाध्यक्ष कलवार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

उनी निकट श्रोतका अनुसार सोनलले सस्तो लोकप्रियताका लागी धर्म, शिक्षामा राजनिति गर्ने गरेका छन । केहि दिन अगाडी प्रदेश २ को राजधानी जनकपुर घोषणा भएपछि चर्चामा आउन उनले आफ्नै घर अज्ञात समुह द्धारा तोडफोड गराएको हल्ला चलेको थियो। त्यसको पनि व्यापक विरोध भएपछि उनी आलोचित भएका थिए।

जितेन्द्र सोनल

विशेष