News

कोरोना संक्रमणका कारण भारतमा एकै दिन ५२५ जनाको मृत्यु

कोरोना संक्रमणका कारण भारतमा एकै दिन ५२५ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५२५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये खोपै नलगाएका वा एक पटक मात्र लगाएका छन् । 

यसैगरी, यो अवधिमा ३ लाख ३३ हजारमा कोभिड संक्रमण देखिएको छ । यो शनिवारको तुलनामा केही कम हो । पछिल्लो समयमा कोभिडबाट विश्वमा अमेरिकापछि भारत सबैभन्दा प्रभावित छ । भारतमा एक महिनादेखि कोभिडको तेस्रो लहर चलेको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा कोभिड संक्रमण तीव्र दरमा फैलिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये ५ दशमलव ५७ प्रतिशत सक्रीय संक्रमित छन् भने कोभिडबाट निको हुने दर घटेर ९३ दशमलव १८ प्रतिशत पुगेको छ । 
 

विशेष