News

एमाले अध्यक्ष ओलीका दम्पत्तिलाई कोरोना संक्रमण

एमाले अध्यक्ष ओलीका दम्पत्तिलाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री एब् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यलाई कोरोना संक्रमण भएको छ। 

केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो। ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ।

हाल उनी बालकोटस्थित आफ्नै निवासमा छन्। कोरोना संक्रमित भएसँगै ओलीका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्। 

यसअघि उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पनि कोरोना संक्रमण देखिएको थियो। 
 

केपी शर्मा ओली

विशेष