News राजनीति

नेताहरुलाई ज्ञानेन्द्र शाहीको कोर्राः चुनाव होईन, ‘लुँडो’ खेलौं

नेताहरुलाई ज्ञानेन्द्र शाहीको कोर्राः चुनाव होईन, ‘लुँडो’ खेलौं

भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरिरहेका ज्ञानेन्द्र शाहीले चुनाव गरेर देशलाई आर्थिक भार थप्नु भन्दा ‘लुँडो’ खेलेर हारजितको निधो गर्न सुझाव दिएका छन् ।

एउटा युट्युव च्यानललाई अन्तर्वार्ता दिने क्रममा शाहीले चुनावको प्रोपोगाण्डा पैसा खर्च गर्नका लागि मात्रै भएको वताए । उनले भने –‘चुनाव–सुनाव भनेको पैसा खर्च गर्नका लागि मात्रै हो।’ ‘चुनाबको के छ विकल्प ?’ भन्ने जिज्ञासा मेटाउने क्रममा उनले लुँडोको विकल्प दिएका हुन । जति पटक चुनाव गरेपनि तिनै अनुहार दोहोरिने र फरक केही नहुने भएकाले चुनावको विकल्पमा लुँडो उत्तम हुने उनको भनाई छ।

‘चुनाव नगरौं, चुनाव गरेर के फाईदा ? वरु लुँडो खेलौं। बरु नेपाल भरीको मिडिया, अन्तराष्ट्रिय मिडिया बोलाएर लुँडो खेल्ने क्या। खट्, खट्, खट्... गर्ने, अनि छक्का तिर्की गरेर कस्ले जित्यो ? लुडो खेलेर जस्ले जित्छ, त्यसैलाई दिए भइहाल्यो नी’ उनले भने–‘जस्ले जिते पनि त्यही हुने हो, फरक त केही हैन। जति पटक चुनाव गरेपनि आउने यिनै हुन।’

राजनीतिक दलका २५ लाख कार्यकर्ता तिनका पियोर कर्मचारी भएको वताएका उनले देशलाई माफियाकरण गर्नमा तिनैको हात भएको बताए । ‘ति २५ लाख कार्यकर्ताको त काम छ नी त । ठेक्कापट्टामा यिनैको हात हुन्छ। देश लुट्नमा यिनैको हात हुन्छ। वलात्कार गर्न यिनकै हात हुन्छ, तस्करी गर्न यिनकै हात हुन्छ। देशलाई माफियाकरण गर्न यिनकै हात हुन्छ’– उनले भने।

सरकार र मन्त्रीको काम चुनावी खर्च जम्मा गर्ने र कार्यकर्ता पाल्ने मात्रै भएको उनको दावी छ। ‘यीनिहरु सरकारमा भएनन् भने कर्मचारीले घुस खालान, कर्मचारीले घुस खाने भनेको प्राईभेट प्रोपर्टी जोडनका लागि हो। वरु कम खालन। तर, यिनीहरुलाई घुस दिने भनेपछि कार्यकर्ता पाल्नका लागि हो’ उनले थपे–‘कर्मचारीले करोडमा घुस खान्छ भने यिनीहरु खर्वमा खान्छन्। कर्मचारीले करोडमा घुस खान धेरै सोच्नुपर्छ। खाएपछि लाखमा खाने हुन धेरैले, करोडमा भनेको धेरै कमले खाने गर्छन। कोही–कोहीले त अरवमा खाए, त्यो एकाध कुरा हो। तर, यी नेताहरु त सवभन्दा पहिलो गाँस नै अरवमा जान्छन्।’

नेताहरुले आफनो जयजयकार र गुणगानका लागि पैसा खर्च गर्ने गरेको उनले वताए। ‘घुस खाने केका लागि भन्दा ब्यक्तिगत सम्पत्ति जोडनका लागि होईन। यही जिन्दाबाद, ‘आई एम विथ केपी ओली’, ‘आई लभ यु केपी बा’ भन्नका लागि, अनि त्यो रथ चढ्नका लागि, वग्गी चढ्नका लागि, अनि देशभरीका कार्यकर्ता जम्मा गर्नका लागि, शेरे दाई–हाई हाई भन्नका लागि, गगन दाई–हाईहाई भन्नका लागि।’– उनले भने।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा हेलिकप्टर लिएर अर्घाखाँची पुगेको विषयमा पनि शाहीले आलोचना गरे। उनले भने–‘गरिव देशको पार्टीका महामन्त्री गगन कुमार थापा अर्घाखाँची जाँदाखेरी हेलिकप्टर चढेर जान्छन्। भनेपछि यो यसैका लागि हो।’ 

यो पनि

ज्ञानेन्द्र शाहीले योगेश भट्टराईलाई यस कारण भने ‘खुङखार अपराधी’

बालकोट दरबारमा डिस्को खोल्न ज्ञानेन्द्र शाहीको प्रश्ताव

ज्ञानेन्द्र शाही

विशेष