News स्वास्थ्य

के मार्चसम्ममा कोरोना महामारी अन्त्य हुदैछ ?

के मार्चसम्ममा कोरोना महामारी अन्त्य हुदैछ ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले नै कोरोना महामारीको अन्त्य हुने जनाएको छ।

ओमिक्रोनले युरोपलाई महामारी अन्त्यतर्फ लगेको र यसले महामारीलाई शिथिल बनाउने भन्दै छिट्टै महामारी अन्त्य हुने संगठनका निर्देशक हान्स क्लुगले बताएका छन् ।

मार्चसम्म ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने पनि उनको अनुमान छ । ओमिक्रोन केही महिनापछि शान्त हुने अनुमान विशेषज्ञहरुले गरेका हुन् ।

खोपका कारण विश्वव्यापी रुपमा मानिसको रोग प्रतिरोधात्मक क्षमता बढेको पनि उनले बताएका छन् ।

अमेरिकाका संक्रामक रोग विज्ञ एन्थोनी फाउसीले पनि कोभिड संक्रमण बिस्तारै विश्वबाट घट्दै जाने विश्वास लिएका छन् । स्वयम् अमेरिकामा पनि यो संक्रमण घट्दो क्रममा छ ।
 

विश्व स्वास्थ्य संगठन

विशेष